दाङ
२८ चैत/ आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घोराहीमा राष्ट्रिय बास्केट बल प्रतियोगिता सुरु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १८ नवपुरको सालघारी बास्केट बलको खेलकुद मैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको बिहीबार युवा तथा खेलकुद विकास मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले उद्घाटन गरेका हुन ।

त्यस अवसरमा उनले खेल क्षेत्रको विकासले युवाहरुलाई हौसल्लासँगै देशको पहिचान बढाउने बताए ।


ADVERTISEMENT

 



उक्त खेल चैत ४ गतेसम्म सञ्चालन हुने छ । बास्केटबलका लागि सात प्रदेशसँगै तीन वटा विभागीय टिम गरेर दश वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा दश वटा टिमका दुई सय महिला र पुरुष खेलाडीहरु दाङ आएको दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकामगरले जानकारी दिए ।

त्यस अवसरमा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले दाङ जिल्लालाई खेलकुदमय बनाएको बताए । प्रतियोगिताको उदघाट्न दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीको अध्यक्षतामा भएको थियो ।

दाङ जिल्ला बास्केट बल संघका अध्यक्ष बिपिन केसीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण संघका सचिव समिर वलीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया