घोराही
२८ चैत/ घोराही उपमहानगरपालिकाले जनप्रतिनिधी र कर्मचारीहरुलाई कार्य सम्पादन प्रभावकारी बनाउन ‘कानुनी शिक्षा’ सञ्चालन गरेको छ ।

उपमहानगरको कानुनी मामिला शाखाको आयोजनामा जनप्रतिनिधी सँगै महाशाखा र शाखा प्रमुखहरुलाई कानुनका बिज्ञ मार्फत कानुनी शिक्षा कार्यक्रमको आयोजना गरेको हो ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाललाई ल्याएर उपमहानगरपालिकाले जनप्रतिनिधी र कर्मचारीहरुलाई कानुनी शिक्षाका बारेमा अभिमुखिकरण गराउन थालेको हो ।


ADVERTISEMENT

 



दुई दिन आयोजना गरिएको कानुनी शिक्षा कार्यक्रममा दाहालले कानुन बुझेर गरिने कार्य सम्पादन र अज्ञानताले पार्ने असरहरुका बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

बिधिको शासनबाटै कानुन कार्यान्वयनमा सफलता मिल्ने भन्दै स्थानिय सरकारले पाएको कानुनी अधिकारलाई गहन अध्ययन गरेर मात्रै कार्य सम्पादन गर्न सुझाब दिएका छन । स्थानिय सरकारको काम, कर्तव्य र जिम्मेवारीलाई अध्ययन नगरी कार्य सम्पादन गर्दा फेल खाने भन्दै जनप्रतिनिधी र कर्मचारीहरुले कानुन बुझ्नै पर्ने दाहालको भनाई छ ।

नागरिकहरुलाई अधिकार सम्पन्न बनाउदै देशको संबृद्धीमा टेवा पुग्ने गरी काननुहरु बनेको भन्दै त्यसको कार्यान्वयनमा स्थानिय सरकार बढी चनाखो बन्नुपर्ने पनि उनले बताएका छन । भौतिक, सामाजिक, आर्थिक, सांस्कृतीक विकास सँगै न्याय सम्पदान र विभिन्न सिफारीसमा पाएको जिम्मेवारीलाई पुरा गर्न कानुनको ज्ञान अनिबार्य हुनुपर्ने उनको भनाई छ ।

नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कानुन भन्दा बाहिर गएर गरिने कार्यले नतिजा पनि गलत निस्कने भन्दै सचेत पूर्बक कार्यसम्पादन गर्नुपर्ने बताएकि छन ।

लोकतन्त्रको मूख्य आधार भनेकै कानुनको शासन भएको भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले सबै नागरिकहरुलाई कानुनी ज्ञान आधारभुत आबस्यकता भएको उल्लेख गरेका छन ।

नगर कार्यबहाक प्रमुख न्यौपानेले स्थानिय, प्रदेश र संघका कार्य सञ्चालनमा तोकिएका बिधिहरुलाई स्पष्ट पार्न र कार्य सम्पादनलाई छितो छरितो बनाउन कानुनी शिक्षा कार्यक्रमको आयोजना गरिएको बताएकि छन ।

पहिलो दिन कार्यपालिका सदस्य, महाशाखा प्रमुख र शाखा प्रमुखहरुलाई कार्यक्रमका सहभागि गराईएको छ भने शुक्रबार नगरका सबै जनप्रतिनिधीहरुलाई कार्यक्रममा सहभागि गराईने भएको छ । उद्घाटन सत्र कार्यक्रमको कानुनी मामिला शाखाका प्रमुख प्रतला कुमारी देवकोटाले गरेकी थिईन ।

प्रतिकृया

प्रतिकृया