दाङ,
२८-चैत /  दाङको लमहीमा प्रदेश नं. ५ सरकारले स्थापना गर्न लागेको ट्रमा सेन्टरका लागि जग्गाको टुंगो लागेको छ ।

लमही ४ स्थित लमही अस्पतालसँगै सटेको कृषि उपज संकलन तथा बिक्री केन्द्रले प्रयोग गर्दै आएको उक्त जग्गामा ट्रमा सेन्टर बनाउने सहमति भएको हो ।

लमही नगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गामा ट्रमा सेन्टर स्थापना गर्ने सहमति भएको प्रदेश नं. ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताए । लमही नगरपालिकाको आयोजनामा भएको सर्वपक्षीय, सर्वदलीय बैठकले जग्गाको टुंगो लगाएको हो ।


ADVERTISEMENT

  



प्रदेश सरकारले ट्रमा सेन्टर स्थापना गर्न यस वर्ष दुई करोड र संघीय सरकारले ५० लाख बजेट बिनियोजन गरेको छ । यस अघि जग्गा टुंगो नलाग्दा काम अघि बढ्न नसकेको भएपनि अब भने कामलाई तिब्रता दिईने सदस्य शर्माले बताए ।

प्रतिकृया

प्रतिकृया