पूर्ण केसी (मुस्कान )
नेपाली सिनेमा क्षेत्रको वर्ष समीक्षा गर्दा , यस वर्ष नेपाली सिनेमा बजार फस्टाउन सकेन । केहि औंलामा गन्न सकिने चलचित्र बाहेक अन्य फिल्मले दर्शक पाएनन् र चलेनन् । चलचित्रकर्मी , शुभेच्छुक, र दर्शकले आशा गरेका भनिएका चलचित्रले पनि उल्लेख्य रुपमा आम्दानी गर्न सकेनन् ।

जुन चलचित्रलाई समीक्षकले राम्रो भनेपनि दर्शकहरु उक्त चलचित्र हेर्न हलसम्म पुगेनन् । सिनेमा क्षेत्र पब्लिसिटी र गफमै सिमित भयो । धेरै फिल्म मेकरले मेरो चलचित्रमा नयाँ छ, चल्छ भने तर दर्शकले पत्याएनन् । नेपाली सिनेमाको यो वर्षलाई समीक्षकहरुले पनि असफल वर्षको रुपमा लिएका छन ।

किनकि धेरै मेकरको लगानी डुबेको छ । यस वर्ष रिलिज भएका करिब ९७ वटा फिल्म मध्य जम्मा ३ फिल्मले लगानी उठाएर नाफामा गए । करिब आधा दर्जन जति फिल्मले लगानी सुरक्षित गर्न सफल भए । र बाकिले लगानी डुबाए । चलचित्र निर्माता र चलचित्र वितरकको भनाईलाई आधारमान्य हो भने छक्का पञ्जा ३ , नाई नभन्नु ल ५ र जय भोलेले नाफा कमाउने लिष्टमा नाम लेखाएका छन ।


ADVERTISEMENT

  



यस्तै राम कहानी , ईन्टुमिन्टु लण्डन्मा, चंगाचेट, क्यापटेन, र प्रसादले लगानी सुरक्षित गराए तर नाफामा भने जान सकेनन् । यि बाहेकका चलचित्रले भने हल प्रवेश त गरे तर लगानी समेत उठाउन सकेनन् ।

यसले के देखाउछ त भन्दा अहिले नेपाली दर्शकको रुचि अनुसारको फिल्म बनेको छैन । डिजिटल जमाना भएकाले पनि एउटा सानो चलचित्रको प्रोमोले पनि चलचित्र चल्ने नचल्ने अनुमान सहजै लगाउन सकिन्छ । केहि चलचित्रहरु क्थामा चुकेका छन । केहि कलाकार छनौटमा । केहि फिल्महरु मेकिङमा पनि कमजोर देखिएका छन ।

यस वर्ष नेपाली सिनेमा पनि नयाँ कलाकारहरुको ईन्ट्री धेरै भयो तर केहि अनुहारलाई मात्र दर्शकले पत्याए । बाकि सबैलाई फेरि प्रयास गर भनिदिए । यस वर्ष कलाकारहरुको अभिनय भन्दा पारिश्रमिकले सिनेमा बजार तातियो । कसले कति पारिश्रमिक लियो कसले कती भन्दै मिडियामा गसिब बन्यो ।

वर्षभरि रिलिज भएका चलचित्रको विश्लेषण गर्दा नेपाली चलचित्रले यो वर्ष कम पाएको छ र धेरै गुमाउन पुगेको छ । निर्माताले पैसा गमाएका छन भने कलाकारहरुले दर्शक गुमाएका छन । अहिलेको चलनचल्ति जसको फिल्मले राम्रो ब्यापार गर्छ उसैको नक्कल गर्ने परम्पराले गर्दा पनि सिनेमा बजारमा गिरावट आएको हो ।

एउटै मितिमा ४ वटा सम्म फिल्म रिलिज हुनु पनि फिल्म नचल्नुको मुख्य कारण हो । यसो हुदा सबै फिल्मलाई घाटा भएको फिल्म समिक्षक बताउछन । बक्स अफिस सबैतिर लागु नहुनुले पनि फिल्मले घाटा खानु परेको छ । कुन चलचित्रले कति कमायो त्यसको सबैतिर बाट यर्थात विवरण नहाउदा निर्माताहरु मारमा परेको गुनासो गर्छन ।

पुरानो वर्ष बाट नेपाली चलचित्र क्षेत्रले केहि पाठ सिक्ने छ । र नयाँ वर्ष २०७६ सालमा गल्ती सच्याउदै अगाडि बढे पक्कै पनि नेपाली सिनेमा क्षेत्रले फट्को मार्न सक्छ ।

प्रतिकृया

प्रतिकृया