लक्ष्मण बस्नेत, दाङ
३०-चैत /  आठौ राष्ट्रिय खेलकुद दाङको घोराहीमा भएको टेवुल टेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।

६ स्वर्ण ३ रजत र १ कास्य पदक हात पार्दै राष्ट्रिय टेवुल टेनिसको च्याम्पिएन बन्न सफल भएको हो ।

त्यस्तै प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ १ स्वर्ण, २ रजत र ५ कास्य पदक हात पार्दै उपविजेता बन्यो भने नेपाल आर्मी २ रजत ४ कास्य पदकका साथ तृतिय स्थान हात पार्न सफल भयो । त्यस्तै प्रदेश नं ३ ले ३ कास्य र प्रदेश नं ५ ले १ कास्य पदक हात पारे ।


ADVERTISEMENT

  



युमन्स् सिंगलमा पुलिसकी नविताको सर्वाधिक रेर्कड
नेपाल पुलिस क्लबकी नविता श्रेष्ठ युमन्स् सिंगल इभेन्टसको सर्वाधिक रेर्कड बनाएकी छन् । प्रतियोगिताको वुमन्स सिंगलमा स्वर्ण पदक हात पारेकी उनले राष्ट्रिय प्रतियोगितामा लगातार आठौ पटक जित हात पार्दै युमन्स् सिंगलको सर्वाधिक रेर्कड बनाउन समेत सफल भइन् । उनले फाइनलमा नेपाल पुलिसकै एलिना मर्हजलाई ४–२ को सेटमा पराजीत गरिन् ।

पुलिसका स्यान्टुको ह्याट्रिक
राष्ट्रिय टेवल टेनिसको मेन्स् सिंगलमा नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठले ह्याट्रिक गर्न सफल भएका छन् । प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबकै प्रदिप रोकाँलाई ४-० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक हात पारेका स्यान्टुले राष्ट्रिय प्रतियोगितामा लगातार तिन पटक जित निकाल्दै ह्याट्रिको रेर्कड बनाउन सफल भएका हुन् ।

‘ हाम्रो प्रदेशमा ,पसिना र पौरख आफ्नै देशमा; भन्ने मुल नाराका साथ प्रदेश नं. ५ का बिभिन्न जिल्लामा राष्ट्रिय खेलकूद प्रतियोगिता भईरहेको छ । जसमा दाङको घोराहीमा बास्कटेबल चलिरहेको छ । दाङमा अन्य पाँचवटा खेलहरु हुनेछन् ।

प्रतिकृया

प्रतिकृया