घोराही
१ बैशाख / घोराही उपमहानगरपालिकाको घोराही बजार देखी वडा नम्बर १९ को सैघा सडक सञ्जाल सँग जोडिएको छ । घोराहीको रझेना चोक देखी सैघा पाँचपोखरी सम्मको २० किलो मिटर सडक बनेपछि यातायात सञ्जाल सैघाको गाउँ सँग जोडिएको हो ।

लिलाधर थापा स्मृती मार्गले चिनिने उक्त सडक निर्माणका लागि वडा नम्बर १९ ले गत आर्थिक बर्षमा ६ लाख र चालु आर्थिक बर्षमा १५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

वडा नम्बर १४ को रझेना चोक हुदै वडा नम्बर १८ को मसिना, नयाँबस्ती, बंगलाचुलीको खाडा हुदै मर्पेस सम्म यस अघि सडक पुगेको थियो । तर त्यस भन्दा अघि बाम्ला, धनडाँडा, पाँच पोखरी हुदै सैघा सम्म स्थानिय वडा सरकारको बजेटले सडक पुगेको वडा अध्यक्ष हर्कबहादुर घर्तीले जानकारी दिए ।


ADVERTISEMENT

  



यसैविच आज पहिलो पटक पाँच पोखरी सम्म बस पुगेको छ । ना ३ ख ६६७६ नम्बरको बस पहिलो पटक घोराही रझेना चोक देखी पाँच पोखरी सम्म पुगेको हो । गाउँमा बस पुगेपछि स्थानियहरुले जनप्रतिनिधि र चालकलाई फूल र पैसाको माला लगाएर स्वागत गरेका छन् ।

सडक निर्माण समितिका अध्यक्ष मिनबहादुर थापाको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रबक्ता भरतमणि अर्यालको प्रमुख आतिथ्यता र वडा नम्बर १९ का अध्यक्ष हर्कबहादुर घर्तीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरी सडकको उद्घाटन गरिएको छ ।

बस सहित सवारीका साधन गाउँमै पुगेपछि सैघाबासीहरु खुशी भएका छन् । त्यसैगरी वडा नम्बर १९ सैघामा सडक पु¥याउन अन्य सडकहरु पनि निर्माणाधिन अबस्थामा रहेका छन् ।

प्रतिकृया

प्रतिकृया