पूर्ण केसी,तुलसीपुर
१ बैशाख/ नयाँ बर्षको अवसरमा तुलसीपुर नगर जेसिजले सांगीतिक कार्यक्रम गरेको छ ।

आईतबार तुलसीपुरको अरणीको मैदानमा आयोजना गरेको कार्यक्रममा लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा , सन्दिप न्यौपाने , पप गायक कमल खत्री , आधुनिक गायक अंकित न्यौपानेलगायत स्थानीय कालाकारहरुले पनि प्रस्तुती राखेका थिए ।

जेसिजको भवन निमाण गर्नुका साथै अपाङग समाज सुधार केन्द्रलाई सहयोग गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो ।


ADVERTISEMENT

 



तुलसीपुर नगर जेसिजका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि पाण्डेले नयाँ बर्षमा सामाजिक मनोरञ्जनसंगै सामाजिक कार्य गर्नु सकारात्मक भएको भन्दै यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रमको सहजीकरण महासचिव मोहन सुनार र दिपक कुमालले गरेका थिए । यस्तै नयाँ बर्षकै अवसरमा चलचित्र पत्रकार संघ र द पार्क क्याफेको आयोजनामा शनिबार राति सांस्कृतिक कार्यक्रम भएको हो ।

प्रतिकृया

प्रतिकृया