बालकृष्ण पाण्डे,बबई
२ बैशाख/ दाङको बबई गाउँपालिकामा फुटबल खेलमैदान निर्माण शुरु गरिएको छ ।

गाउँपालिकाको वडा नं. ४ स्थित हस्तनापुरमा ३५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको धर्मभक्त खेल मैदानको सिलन्यास गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले गरेका हुन् ।

गाउँपालिकामा फुटबल खेलमैदान नहुँदा समस्या हुने गरेको भन्दै प्रदेश नं. ५ सरकारको अनुदानमा उक्त खेल मैदान निर्माण शुरु गरिएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।


ADVERTISEMENT

  



यो मैदान निर्माण भएसंगै गाउँपालिका स्तरीय खेल खेलाउन सहज हुने उनले बताए । ‘ यस अघि फुटबल खेल मैदान नुहुँदा गाउँपालिका स्तरीय खेल खेलाउन सकिएको थिएन’ उनले भने‘ यो मैदान निर्माण भएपछि भने अब बिभिन्न खेल खेलाउन सहज हुनेछ ।’

साथै उनले गाउपालिकाको वडा नं. ३ स्थित हंसपुरमा मदन भण्डारी स्टेडियमको निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत जानकारी दिए । साथै गाउँपालिकाले वडा नं. ६÷७ लाई मध्यनजर गरि कवर्ड हल निर्माण गर्ने योजना रहेको बताए ।

खेल पनि समृद्धिको एउटा आधार भएकाले खेल क्षेत्रको बिकास गर्न गाउँपालिका लागिपरेको उनको भनाई थियो ।

प्रतिकृया

प्रतिकृया