अञ्जना चौधरी,तुलसीपुर
२ बैशाख/ ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले चालुआर्थिक बर्षको अहिलेसम्म ४६ लाख बढि राजश्व संकलन गर्न सफल भएको छ ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीका अनुसार चालुआर्थिक बर्षको ९ महिनामा ४६ लाख २२ हजार पाँचसय रुपैया राजश्व संकलन गरेको छ ।

उनका अनुसार श्रावनमा सातसय ५० सवारी कार्वाहीबाट तीन लाख ५६ हजार पाँचसय रुपैया राजश्व संकलन भएको छ ।


ADVERTISEMENT

  



त्यस्तै भदौमा सातसय सवारी कार्वाहीमा चारलाख १६ हजार, असोजमा आठसय ५० सवारी कार्वाहीमा परि चारलाख ७९ हजार ५ सय , कार्तिकमा नौसय ५० सवारी कार्वाहीमा पाँचलाख ३४ हजार ५ सय राजश्व भएको प्रमुख केसीले बताए ।

त्यस्तै मंसीरमा सातसय ५० सवारी कार्वाहीमा ४ लाख २० हजार, पुसमा आठसय सवारी कार्वाहीमा चारलाख ४१ हजार पाँचस, माघमा आठसय सवारी कार्वाहीमा चारलाख ४२ हजार पाँचसय, फागुनमा नौ सय ५०, चैतमा एकहजार एकसय ५० सवारी कारबाहीमा ६ लाख पाँचहजार राजश्व संकलन भएको प्रमुख केसीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया