घोराही
२ बैशाख/ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलको परिवारले अभिभावकत्व ग्रहण गरेका ५ बालबालिका बार्षिक परिक्षामा उत्तिर्ण भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ चौघेरमा रहेको गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयमा गतबर्ष भर्ना भएका ५ जना बालबालिका बार्षिक परिक्षामा उत्तिर्ण भएका हुन् ।

भर्ना अभियान अन्तरगत निरक्षरतालाई उन्मूलन गर्ने राष्ट्रिय अभियानमा सघाउन विपन्न परिवारका ५ बालबालिकालाई मुख्यमन्त्री पोख्रेल सहित पत्नी संघिय संसदमा सांसद सुजित शाक्य, छोरीहरु अंकिता, आकृती र मुख्यमन्त्रीको स्वकिय सचिब सरोज रेग्मीले अभिभावकत्व ग्रहण गरी भर्ना गरेका थिए ।


ADVERTISEMENT

  



कक्षा १ मा भर्ना भएका शिबु चौधरी चौथो, आशिका चौधरी आठौँ स्थानमा उत्तिर्ण भएका छन् । त्यसैगरी, कक्षा ४ मा भर्ना भएका राजन शर्मा दोस्रा, कल्पना योगी र कमल बुढा उत्तिर्ण भएको विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले जानकारी दिएका छन् ।

पाँचै जना विद्यार्थी राम्रो अंक ल्याएर उत्तिर्ण भएको विद्यालयले जनाएको छ । उनिहरुको पढाईका लागि मुख्यमन्त्री परिवारले आबस्यक शैक्षिक सामाग्रि र रकम उपलब्ध गराउदै आएका छन् ।

प्रतिकृया

प्रतिकृया