शंकर के सी,सल्यान
२ बैशाख/ कपुरकोट गाउँपालिकाभित्रका विद्यालयहरुले विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने प्रतिवद्धता जनाएका छन् ।

मुलुकभर नै शुरु भएको विद्यार्थी भर्ना अभियान अन्तर्गत कपुरकोट शिक्षा शाखामा सोमबार सम्पन्न प्रअ बैठकमा विद्यालय वाहिर रहेका बालवालिकालाइ खोजी गरि भर्ना गराउने प्रतिवद्धता प्रधानाध्यापकहरुले जनाएका हुन् ।

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालवालिकालाइ विद्यालय पु-याउँ’ भन्ने नाराको साथ आफ्नो विद्यालय सेवा क्षेत्र भित्रका विद्यालय उमेरका वालवालिकालाइ भर्ना गराउने प्रतिवद्धता गरेको शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले जनाए ।


ADVERTISEMENT

 



यस अघि गत चैत्र २७ गते बसेको गाउँ शिक्षा समितीको बैठकले सम्पूर्ण विद्यालय एवम् सरोकारवालाहरुलाइ सबै वालवालिकालाइ विद्यालयको पहुँचमा पुर्याउन तथा विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन निर्देशन दिएको थियो ।

कपुरकोट गाउँपालिका भित्रका कतीपय विद्यालयले यस अघि नै विद्यार्थी भर्नाका लागी घरदैलो अभियान शुरु गरिसकेका छन् । यहि बैशाख १५ गते सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने शिक्षा शाखाले जनाएको छ ।

विद्यालयमा वालवालिका भर्ना हुने वित्तीकै नयाँ पाठ्यपुस्तक प्रदान गरिने शिक्षा शाखा प्रमुख भण्डारीले जनाए । गत वर्ष ४ हजार १ सय विद्यार्थी विद्यालय भर्ना भएका थिए । सम्पूर्ण विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको पनि उनले जनाए ।

गाउँपालिकाभित्रका कुनै पनि वालवालिका विद्यालय वाहिर नरहोन् भनेर विशेष अभियान चलाइएको कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले जनाएका छन् । उनका अनुसार टुहुरा, विपन्न तथा घरपरिवारको आर्थीक अवस्था नाजुक भएकै कारणले पढ्न नपाउने वालवालिकालाइ गाउँपालिकाले सहयोग गर्ने छ ।

अध्यक्ष सेनले भने, ‘त्यस्ता वालवालिकालाइ पोषाक, स्टेनरि लगाएतका सामग्री हामी सहयोग गर्नेछौँ ।’ यसैविच कक्षा ८ आधारभुत तह उत्रिर्ण परीक्षाको नतिजा पनि सोमबार प्रकाशन गरिएको शिक्षा शाखाले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया