दाङ,
२-बैशाख /   चलचित्र दाल,भात,तरकारीका कलाकारहरु दाङमा आएका छन् ।

चलचित्रको प्रचारप्रसारका लागि चलचित्रका कलाकारहरु हरिवंश आचार्य, किरण केसी, नायक पुष्प खड्का, नायिका आँचल शर्मा, गायिका जुनु रिजाल काफ्ले, कलाकार शिवहरी पौडेल लगायतको टिम दाङ आएको हो ।

वैशाख २० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रका कलाकारसंग सोमबार चलचित्र पत्रकार संघ दाङले स्वागत गरेको छ ।


ADVERTISEMENT

  



घोराहीमा भएको कार्यक्रममा वरिष्ठ कलकार एवं चलचित्रका लेखक तथा निर्माता हरिवंश आचार्यले नेपाली चलचित्रको इतिहास बताउदै हरेक नेपालीको कथालाई समेटेर आफुहरुले चलचित्र राम्रो बनाएको बताउदै सबै दर्शकले एकपटक हेरिदिन आग्रह गरे ।

संघका अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्रका निर्माता किरण केसीले चलचित्रमा दुई करोड बढि बजेट खर्च भईसकेको बताउदै दाङमा आफु १७ गतेको रिलिजमै आउन मन भएको तर विविध कारणले आउन नसकेकाले यो पटक जसरी भएपनि दाङ जानुपर्ने भनेर यो कलाले भरीपूर्ण भएको माटोमा आएको बताए ।

कार्यक्रममा चलचित्रका कलाकारहरु पुष्प खड्का,आँचल शर्मा,जुनु रिजाल,शिवहरी पौडेल,पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन,निर्माता मुनाल घिमिरे लगायतले मन्तब्य ब्यक्त गरेका थिए । पत्रकार आरके शितलले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिव सन्तोष केसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया