ओमप्रकाश गुप्ता, गढवा
४-बैशाख /  दाङको बिकट क्षेत्रमा बिशेषज्ञ सेवा शुरु भएपछि बिरामीको घुईचो लाग्ने गरेको छ । अस अघि उपचारका लागि घण्टौ हिडेर बजार पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

गढवा गाउँपालिका वडानं. ५ पर्नाहाकी ८५ बर्षिय आमा दशरथा यादवलाई छोरा जितराम यादवले मंगलबार गढवा स्वास्थ्य चौकीमा उपचारकालागि लिईन् ।

निमोनिया र रक्त अल्पताले ग्रस्त उनलाई स्वास्थ्य चौकीका डा. भरत यादवले अक्सिजन दिदै सलायन चढाए । तत्काल गाउँठाउँकै अस्पतालमा उपचार पाएपछि बृद्धा यादव खुसी भईन् ।


ADVERTISEMENT

  



त्यस्तै स्वास्थ्य चौकीमा ठूला डाक्टरले उपचार गराईरहेको थाहा पाएपछि गढवा ६ हाँसीपुरकी देवका बेल्बासे र गढवा ६ मनिकापुरकी सकुन्तला विसी पनि स्वास्थ्य संस्थामा गईन ।
साविक गंगापरस्पुरमा स्वास्थ्य चौकी भएर पनि गढवाको स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टरले उपचार गरिरहेको थाहा पाएर गंगापरस्पुरकी रेनु बस्नेत आफू र बच्चाको स्वास्थ्य जाँच गराउन गढवामा आएको बताईन् ।

उनीहरुजस्तै गढवा गाउँपालिकाका विभिन्न वडाहरुबाट आफ्नो वडामा स्वास्थ्य चौकी भएर पनि गढवाको स्वास्थ्य संस्थामा विरामीको लर्को लाग्ने गरेको पाइएको छ ।

गढवा गाउँपालिकाले आफ्नै बजेटबाट गत मंसीरमहिना देखी गढवाको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर राखेको छ ।

स्वास्थ्य चौकीमा डाक्टर आएपछि दैनिक जसो बिरामीको घुईचो लाग्ने गरेको स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष तथा वडानं. ६ का वडाअध्यक्ष बालचन्द्र ठकुरी हमालले बताए ।

गढवा स्वास्थ्य चौकीमा दैनिक ओपिडीमा मात्र १ सय ५० बढी बिरामीहरु स्वास्थ्य जाँच गराउन आउने गरेको पाइएको छ । ओपिडी बाहेक २४ घण्टे प्रसुती सेवा, एनसी तथा डिपो लगायतका अन्य सेवा लिनेहरु ५० बढी रहने गरेको पाइएको छ ।


बढीजसो नसर्ने रोग मधुमेह, पे्रसर लगायतका बिरामीहरु आउने गर्छन् त्यसबाहेक मुटुरोगी,हृदयघात,बिषसेवन,निमोनिया,ज्वरो,दम खोकीका बिरामीहरु पनि उत्तिकै आउने गरेको डा.भरत पोखे्रलले बताए । गर्मिको सुरुवात संगै झाडा पखाला,टाइफाइड र ज्वरोका बिरामीहरु बढेको डा.पोखे्रलको भनाई छ ।


गढवा स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर रहेको र बढीजसो औषधिहरु गाउँपालिकाले निःशुल्क प्रयाप्त उपलब्ध गराउदै आएकोले पनि बिरामीको संख्या बढेको संचालक समितिको भनाई रहेको छ ।

प्रतिकृया

प्रतिकृया