लक्ष्मण बस्नेत, दाङ
५ बैशाख/ आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङमा जारी महिला फुटबल प्रतियोगितामा प्रदेश नं. २ ले दोस्रो जित हात पारेको छ ।

बुधवारदेखि शुरु भएको आठौ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा अन्तर्गत तेस्रो खेलमा प्रदेश नंं ५ लाई १ विरुद्ध ३ गोल गर्दै प्रदेश नं. २ बिजयी भएको हो ।

घोराहीको भरतपुर खेलकुद मैदानमा भएको प्रतियोगितामा प्रदेश नं. २ को जितका लागि जर्सि नं. ११ कि रजनी ठोकरले , जर्सी नं. ५ कि सजनी ठोकर र जर्सी नं. ७ कि दिलकुमारी रानाले समान १÷१ गोल गरे ।


ADVERTISEMENT

 



प्रदेश नं. ५ का तर्फवाट जर्सी नं. १० कि खेलाडी ममता पुनले सान्त्वना १ गोल फर्काएकी थिइन ।

बिहिवार नै भएको दोस्रो खेल प्रदेश नं. ३ ले जित हात पारेको छ । प्रतियोगितामा प्रदेश न ३ जर्सी नं. ७ कि खेलाडी मनिशा थापा मगरले खेलको पहिलो हाफ्को १४ औं र दोस्रो हाफ्को अन्त्यमा पेनाल्टी बसरलाई सदुपयोग गर्दै दोस्रो गोल गरिन् ।

प्रतियोगिता अन्तर्रत भोलि नेपाल प्रहरी र प्रदेश न ५ त्यस्तै प्रदेश न २ र ३ बिच खेल हुनेछ । ११ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय टोली गरि दश वटा महिला फुटवल टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गतका दाङ र कपिलवस्तुमा लिग अन्तर्गतका खेलहरु भईरहेका छन ।

प्रतिकृया

प्रतिकृया