तुलसीपुर,
८-बैशाख/ दाङमा पनि साईकल रेशको ‘क्रेज’ बढेको छ । संगठीत बनेर साईकल रेश गर्ने गरेका छन् ।

दाङ जिल्ला साईकल संघ गठन गरेर अहिले साईकल रेश गर्ने गरिएको संघका उपाध्यक्ष झलक केसीले बताए । दाङमा साईकल रेशका बिभिन्न खेलहरु स्थापीत गर्नुका साथै जलबायू परिबर्तन अनुकुलन गराउने अभियानमा आफुहरु रहेको उनको भनाई थियो ।

‘अहिले हामी दाङमा ६०÷६५ जना साईकल रेश खेललाई स्थापीत गर्ने योजनामा छौं’ उनले भने‘ यसमा दाङका स्थानीय तहहरुले पनि सहयोग गर्नुपर्छ ।’


ADVERTISEMENT

  



अहिले संगठीत भएर साईकल रेश गर्ने गरिएको उनको भनाई छ । ‘३-४ बर्षदेखि मैले एक्लै साईकल दौड गर्दै आएको थिए’ उनले भने‘ तर अहिले गु्रपमा साईकल दौड गराउँदै आएका छौं ।’

साईकल रेसबाटै अहिले पश्चिम दाङको पुरन्धारा झरनादेखि धारपानीको पाण्डवेश्वर मन्दिरसम्म पुग्ने गरेको समेत उनले बताए । साईकल रेशले दाङका पर्यटकीय स्थलको विकास हुने भन्दै यसका लागि पनि आफुहरुले साईकल रेशलाई दाङमा स्थापीत गर्नुपर्ने उनको भनाई थियो ।

सधै बिहान एक-डेढ घण्टा साईंकलकल सवार गरेपनि स्वास्थ्यलाई अतिनै उत्तम हुने गरेको उपाध्यक्ष केसीले बताए ।‘ मैले दैनिक बिहान कम्तिमा पनि एक घण्टा साईकल दौड गर्छु’ उनले भने‘यसरी नियमित दौड गर्दा स्वास्थ्यलाई पनि फाईदा भईरहेको छ, भने मेरो कन्फिडेन्स पावर पनि बढेको छ ।’

दैनिक साईकल चलाउने गरेका उनले मोटरसाईकल चलाउँदा सहज महसुस हुने अनुभव सुनाउछन् ।‘ पहिले पहिले मोटरसाईकल चलाउँदा डर लाग्थ्यो, तर अहिले नियमित साईकल चलाउदा मेरा शरिरका बिभिन्न अंगहरु चलायमान भएका छन्, त्यसैले अहिले मोटरसाईकल चलाउँदा कुनै डर लाग्दैन् ।’

यसरी शुरु हुन्छ साईकल रेश
उनी बिहान ५ बजे उठ्छन्, उनी शुरु हुन्छ, उनको साईकल रेशको यात्रा । दाङ तुलसीपुरको बेलुवा, चुलेसी, दमारगाउँ, श्रीखोला, रक्षाचौर, गणेशपुर पार्क हुँदै तुलसीपुर बजार पुग्छन् ।


दैनिक उनीहरुको यसरी नै यात्रा हुन्छ । उनीसंगै तुलसीपुरका बलदेव बस्नेत , खुमबहादुर न्यौपानेसहितको टोली संगै हुन्छ । यही समूह कहिल्यै साईकलबाटै पश्चिम दाङको पुरन्धारा झरना पुग्ने गर्छ, भने कहिल्यै

चमेरे गुफा, त कहिल्यै धारापानीको पाण्डवेश्वर मन्दिर । दाङ स्वीकोटमा रहेको सुन्दरादेवी मन्दिर र छिल्लिकोट बाहेक दाङका सबै पर्यटकीय स्थलहरुमा उनीहरु साईकलबाटै पुग्ने गरेको बताउछन् ।‘

हामी स्वीकोट र छिल्लिकोटबाहेक सबै दाङका पर्यटकीय स्थलमा पुग्ने गरेका छौं’ उपाध्यक्ष केसीले भने‘ हाम्रो साईकल यात्रा यहाँका पर्यटकीय स्थल चिनाउने माध्याम पनि बनेको छ । यही समूह ‘टुर दि फारवेष्ट’ , ‘टुर दि ठाकुरद्धारा’सम्म पनि पुगेको छ । दाङमा पनि यस्ता साईकल रुटहरु धेरै रहेको उनले बताए ।

उनले रक्षाचौर, हापुर, घोराही हुँदै तुलसीपुर तथा दाङको धारापानी, फुलबारी, तुलसीपुर हुँदै घोराही पुग्ने रुटलाई प्रयोग गर्न सकिने उनको भनाई छ ।

सरकारले मान्यता दियो, तर स्थापीत हुन सकेन
साईकल रेश अन्तर्गत बिभिन्न खेलहरुलाई सरकारले मान्यता दिएको छ । तर ति खेलहरु दाङमा स्थापीत हुन सकिरहेको अबस्था छै्रन् । त्यसैले यी बिभिन्न खेलहरुलाई दाङमा स्थापीत गर्ने पनि आफ्नो अभियान रहेको उनको भनाई थियो ।

त्यसका लागि दाङका स्थानीय सरकारहरुले चासो दिनुपर्ने बताए ।‘ दाङ खेलकुद नगरिका रुपमा बिकास हुँदैछ’ उनलेभने‘ यस्तो अबस्थामा अब यहाँका स्थानीय तहले यस्ता खेलहरुलाई पनि प्रोत्साहन गर्नुपर्छ ।’

नकारात्मक धारणा हटाउनु पर्छ
अहिले साईकल यात्रीहरुलाई कम्जोर आर्थिक अबस्था भएको ब्यक्ति भनेर चिन्ने प्रबृति रहेको छ । यसलाई चीर्ण आबश्यक रहको उपाध्यक्ष केसीले बताए ।‘अहिले साईकल यात्रा गर्नेहरुलाई समाजले नकारात्मक दृष्टिले हेर्ने गरेको छ’ उनले भने ।



प्रतिकृया

प्रतिकृया