तुलसीपुर,
८-बैशाख /  आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिला ५ हजार मिटर दौडमा एपीएफ क्लबकी सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

यसका साथै उनले विश्वरूपा बुढाकाे एकछत्र राजकाे पनि अन्त्य गरेकी छिन ।

दाङको बेलझुन्डीमा आइतबार सन्तोषीले निर्धारित दुरी १६ मिनेट ३८ दशमलब ५३ सेकेन्डमा कीर्तिमानी समय सहित स्वर्ण जितिन् । उनले कान्छीमाया कोजुले बनाएको कीर्तिमान भंग गरेकी हुन् ।

कान्छीमायाले सन् २०१० मा चीनको गोन्जाओमा १६ मिनेट ४९ दशमलब ९८ सकेन्डको कीर्तिमान बनाएकी थिईन ।


ADVERTISEMENT

 



१६ मिनेट ४६ दशमलब ०३ सेकेन्डकाे समय लगाएकी आर्मीकी बिश्व रुपा बुढाले रजत जितिन । यस्तै ४ गुणा ४ सय मिटर रिले दौडको महिला तर्फ आर्मीले राष्ट्रिय कीर्तिमान बनायाे । 

कृष्णा चौधरी , संगिता मेचे , सरस्वती भट्टराई र  तुलसा खत्री रहेको टिमले ४ मिनेट ०२ दशमलब ४८ सेकेण्डमा पुरा गरा गर्याे ।  गर्दै कीर्तिमानसहित स्वर्ण जितेको हो ।

प्रतिकृया

प्रतिकृया