लक्ष्मण बस्नेत, दाङ
८-बैशाख /  आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्र्तगत एथ्लेटिक्सकोे फुल र हाफ म्याराथन सोमबार हुने भएको छ । त्यसका लागि रुट पनि तय गरिएको छ ।

४२ किलोमिटर एकसय ९५ मिटरको फूल म्याराथन बेलझुण्डी रंगशाला परिसरबाट शुरु हुने छ ।

विहानै शुरुहुने  फुल म्यारथनको रुट हेमन्तपुर, विजौरी, ग्वार खोला, पर्सेनी, तुलसीपुर, दोघरे, डाडाँचिस, बागर पिपलको रुख नजिबाट घुमेर श्रीगाउँ सातनम्बर वडा कार्यालय अगाडी, कुमलगढी,गहतेखोला पुल, तुलसीपुर हुँदै मोतिपुर, विजौरी, हेमन्तपुरहुँदै बेलझुण्डी रंगशालको ट्रयाकमा एक राउण्ड पछि समापन हुने जनाइएको छ ।


ADVERTISEMENT

 



प्रतिकृया

प्रतिकृया