बेलझुन्डी,
९-बैशाख / आठौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याराथनमा पुरुषतर्फ आर्मीका कृष्ण बस्नेत र महिलामा नेपाल पुलिसकी राजपुरा पछाइले  स्वर्ण जितेका छन् ।

दाङको बेलझुन्डीमा भएकाे दाैडमा कृष्णले निर्धारित दुरी २ घण्टा १७ मिनेट ३३ सेकेण्डमा पुरा गरे । उनले कर्णालीका दुर्गा बहादुर बुढालाई पछि पारेका थिए ।

दुर्गाले २ घण्टा १८ मिनेट ३९ सेकेण्डमा दौड पुरा गर्दै रजत जिते । यस्तै २ घण्टा २२ मिनेट १० सेकेण्डको समयसहित एपीएफका किरण सिंह बोगटीले कास्य जिते ।


ADVERTISEMENT

 



महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाईले स्वर्ण जितिन् । उनले २ घण्टा ५९ मिनेट ३८ सेकेण्डको समय निकालिन ।

एपीएफकी पुस्पा भण्डारीले ३ घण्टा ५९ सेकेण्डका साथ रजत जितिन् । आर्मीका सरिता थेबेले ३ घण्टा ८ मिनेट ३ सेकेण्डको समयसहित कास्य जितिन् ।

म्याराथन हेमन्तपुर, विजौरी, ग्वार खोला, पर्सेनी, तुलसीपुर, दोघर्रे, डाडाँ चिस, बाघर पिपलको रुख नजिबाट घुमेर श्रीगाउँ सातनम्बर वडा कार्यालय अगाडी, कुमलगढी,गहतेखोला पुल, तुलसीपुर हुँदै मोतिपुर, विजौरी, हेमन्तपुरहुँदै बेलझुण्डी रंगशालको ट्रयाकमा एक राउण्ड पछि समापन भएकाे थियाे ।

प्रतिकृया

प्रतिकृया