दाङ,
९-बैशाख /  आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङको लमहीमा जारी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलबाट प्रदेश नं. १ फाईनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै प्रदेश नम्बर १ ले फाइनल यात्रा तय गरेको हो ।

टस जितेर व्याटिङ रोजेको सुदुरपश्चिम प्रदेश २० ओभरमा ७ विकेट गुमाउँदै ८० रन जोडेको हो । सुदुरपश्चिम प्रदेशकी विन्दु रावल नट आउट २६, कविता जोशी ११ रन नटआउट योग्दान दिइन् ।


ADVERTISEMENT

 



बलिङतर्फ प्रदेश नम्बर १ निग्मा तामाङले २ विकेट, रुविना क्षेत्री, सवनम राई र संगीता राईले समान १-१ विकेट लिए ।

८१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश नम्बर १ ले १३ दशमलव ४ ओभरमा लक्ष्य पूरा ग-यो ।

प्रदेश नम्बर १ का तर्फबाट रुविना क्षेत्रीले सर्वाधिक नट आउट ४३ र रोमाको थापा नटआउट २१ रनको योग्दानले प्रदेश १ ले विजय लक्ष्य हासिल गरेको हो ।

सुदुरपश्चिम प्रदेशकी कविता जोशीले २ विकेट लिइन् । उमन अफ द म्याच रुविना क्षेत्री भइन् ।

प्रतिकृया

प्रतिकृया