दाङ,
१० बैशाख /  सङ्घीय संसद्को बजेट अधिवेशन वैशाख १६ बाट आह्वान गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गते दिउँसो ४ बजे अधिवेशन आह्वान गरेका हुन् ।

अधिवेशन आह्वानसम्बन्धी जानकारी राष्ट्रपति कार्यालयले संघीय संसद् सचिवालयलाई आइतबार पठाएको छ ।

हिउँदे अधिवेशन अन्त्य भएको एक महिनापछि अधिवेशन आह्वान भएको हो ।


ADVERTISEMENT

 



चैत ११ गते संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो । संघीय संसद् सचिवालयका सचिव डा. भरतराज गौतमले सचिवालयलाई अधिवेशन आह्वानको पत्र प्राप्त भएको जानकारी दिए ।

बजेट अधिवेशन समेत भनेर चिनिने बर्खे अधिवेशनमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस हुनेछ । यस्तै, सरकारले आर्थिक वर्ष २०७६र७७ का लागि बजेट समेत पेस गर्नेछ ।

हाल कतिपय संसदीय समिति र सांसदहरू समेत नयाँ बजेट निर्माणका लागि सुझाव लिन छलफलमा केन्द्रित छन् । जिल्ला– जिल्लामा बजेटका लागि सुझाव सङ्कलन गर्ने कार्य जारी छ ।
यसैगरी अधिवेशनमा अघिल्लो अधिवेशनमा बाँकी रहेका संघीय निजामती सेवा विधेयक, प्रहरी विधेयक, नागरिकता विधेयक लगायत महत्वपूर्ण विधेयक पनि पेस हुने चरणमा छन् ।

प्रतिकृया

प्रतिकृया