लक्ष्मण बस्नेत, बेलझुण्डी 
१० बैशाख/ नेपाल पुलिस आठौ राष्ट्रिय खेलकुद कराँते प्रतियोगिताको च्याम्पिएन बनेको छ ।

दाङ तुलसीपुर स्थीत कर्भडहलमा संचालित प्रतियोगितामा शसक्त र शानदार प्रर्दशन गरेको नेपाल प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो ।

त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले टिम उपविजेतामा चित्त बुझाउदा ३ नं प्रदेश २ स्वर्ण १ रजत र १ कास्य पदकका साथ तृतिय स्थान हासिल ग¥यो ।


ADVERTISEMENT

 



बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगिताको महिला :पुरुष कुमुते तथा कातामा गरी जम्मा ६८ पदकको टुङगो लागेको छ ।

बैशाख ५ बाट संचालन भएको प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एन.आर.एन.को सहभागिता रहेको थियो ।

यसैविच मंगलबार सम्पन्न पुरुष कुमुते ६० के.जी. तौल समुहमा नेपाल पुलिस क्लबका राजिव पुडासैनीले स्वर्ण पदक हात पारे ।

त्यस्तै प्रदेश नं ४ का राज कुमार रसाइलीले रजत जित्दा सुुदुर पश्चिम प्रदेशका जगत सिंह घानुक र एपीएफका मोहन कार्कीले रजत पदक हात पारे ।

प्रतिकृया

प्रतिकृया