लक्ष्मण बस्नेत,दाङ
१० बैशाख/ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधी एपीएफले चुमेको छ ।

उपाधि भिड्न्तमा प्रदेश नम्बर १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपीएफले उपाधी उचालेको हो।

फाईनलमा पराजित प्रदेश न १ उपबिजेतामा चित्त बुझाउन बाध्य हुदा सुदुरपश्चिम प्रदेश तेस्रो भयो ।


ADVERTISEMENT

 



टस जितेर ब्याटिङ गर्ने सुनौलो अबसर पाएको एपीएफले २० ओभरमा पुरै विकेट गुमाएर १२८ रन वनायो ।

जसमा ज्योति पाण्डेले सर्वाधिक ४५, र सिताराना मगरले ४२ रनको योगदान दिए ।बलिङ्ग तर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३र३ विकेट लिए।

१२९ रनको बिजयी लक्ष्य लिएर जवाफि ब्याटिङका लागि खेल मैदानमा उत्रेको प्रदेश नम्बर एक १९ दशमलव ४ ओभरमा अलआउट हुदै मात्र ४१ रनमा समेटिन पुग्यो । रश्मि शर्मा चौलागाइ अविजित हुदै २७ रन जोडिन ।

वलिङ्गमा एपीएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २(२ विके लिइन ।

प्लेर अफ द म्याच रिता राना मगर घोषित भइन । सो अबसरमा वेस्ट वलर प्रदेश १ कि संगिता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ कि कबिता जोशी, प्लेयर अफ द टुनामेन्ट प्रदेश १ कि रुविना क्षेत्री भइन ।

दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य विनोद मैनालीको प्रमुख आतिथ्यतामा बिजेतालाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया