घोराही,
११-वैशाख / असुरक्षित महशुस भएको भन्दै दाङमा ९ जनाले लाईसेन्स प्राप्त हतियार प्रहरीमा बुझाएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले अबैध हातहतियारहरु ३५ दिन भित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको समयमा असुरक्षित भएको भन्दै ९ जनाले लाईसेन्स प्राप्त हतियार प्रहरीमा बुझाएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका १३ फुलबारी क्षेत्रका ९ जना व्यक्तिहरुले बैधानिक हतियार बुझाएको दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

 



विप्लव समुहको नेकपाको गतिबिधिलाई मध्यनजर गर्दै सरकारले अबैध हतियारहरु प्रहरीमा बुझाउन ३५ दिने सूचना जारी गरेको थियो ।

विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाए सँगै आफ्नै हतियारका कारणले असुरक्षित भएको महशुस भएको भन्दै ९ जनाले भरुवा बन्दुक बुझाएको एसपी पाण्डेको भनाई छ ।

३५ दिनमा अन्य ४ थान अबैध हतियार संकलन भएको प्रहरीको भनाई छ । शान्तिनगर गाउँपालिका वडा नम्बर २ का विभिन्न गाउँबाट ४ नाल हतियार संकलन भएको एसपी पाण्डेले जानकारी दिए । अपेक्षा गरिए अनुसार हातहतियारहरु संकलन नभएको र अब फेला परे कानुन बमोजिम कार्वाही हुने उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया