दिप्तीशिखा चौधरी, दंगीशरण
११-बैशाख /  दाङको दंगीशरण गाउँपालिकाका ७ जना किसानलाई मौरीघार बितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाले बुधबार बार एक कार्यक्रम गरि किसानहरुलाई मौरीका घार बितरण गरेको हो ।

आर्थिक वर्ष २०७५-०७६ को बार्षीक स्विकृत बजेटबाट ७५ प्रतिशत अनुदानमा मौरी घार वितरण गरिएको हो ।

भाग्यलक्ष्मी माहुरीपालन केन्द्र दंगीशरण ७ लाई २८ वटा , महेश माहुरी फर्म दंगीशरण ६ लाई ३० वटा , जय भवानी कृषि सहकारी सस्ंथा दंगीशरण १ लाई १५ वटा, संगम माहुरी फर्म दंगीशरण ७ लाई ८ वटा ,प्रगतीशिल समुहलाई ८ वटा ,रानीवन कृषि सहकारी सस्ंथा दंगीशरण ३ लाई १० वटा , त्रिशक्ति कृषि सहकारी सस्ंथा दंगीशरण ६ लाई ३० वटा माहुरी को घार गरी जम्मा १ सय २९ वटा घार वितरण गरिएको हो ।


ADVERTISEMENT

  



सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले गाउँपालिकालाई कृषकमूखी गाउँपालिकाको रुपमा परिचित गराउँने उद्धेश्यले गाउँपालिकाले कृिष क्षेत्रका लागि पकेट क्षेत्रको रुपमा परीचित रहेकाले कृषकहरुको मागलाई मध्य नजर गर्दै यस्तो कार्य गरेको बताईन् ।

मोरीघार पाएपछि किसानहरु खुसी भएका छन् । भाग्यलक्ष्मी माहुरी पालन केन्द्र दंगीशरण गाउँपालीका वडा न. ७ बोकटिका मेघ बहादुर हमालले दंगीशरण गाउँपालीकाको कुषि शाखाले कृषकहरुका लागि मौरीको घार वितरण गरेको भन्दै खुसी ब्यक्त गरे । १७ बर्ष देखी भाग्यलक्ष्मी माहुरी पालन गर्दै आएका हमाल थप माहुरीको घार पाउँदा आफनो ब्यवसायमा थप टेवा पुगेको भन्दै हर्षित भए । आफनो ब्यक्तिगत १५ लाखको लगानीमा ब्यवसाय संचालन गरेका उनी मासिक रुपमा १२ देखि १५ लाख सम्म आम्दानी हुने गरेको भन्दै अवका दिनमा गाउँपालिका बाट पाएको यो राहत लाई गुणस्तरीय रुपले संचालन गरी ब्यवसायीक रुपमा नै यसलाई अगाडि लैजाने बताए ।

उनले भने —“मेरो ब्यवसायमा मैले २ जनालाई रोजगार दिएको छु गाउँपालिका बाट पाएको यो सहयोगलाई फस्टाउँदो तरकिाले संचालन गरी अवका दिनमा अझ धेरै यूवाहरुलाई रोजगारी दिने तरीकाले ब्यवसाय संचालन गर्छु । ” यस्तै दंगीशरण ७ स्थीत प्रगतीशिल समूहका माधव नाथ योगी पनि कृषकहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले गरेको यो काम सह्राहनीय रहेको भन्दै खुसी ब्यक्त गरे । अवका दिनमा मौरी पालनलाई ब्यवसायीक रुपमा अगाडी लैजाने बताए । दंगीशरण गाउँपालिका अन्र्तगत कृषि शाखाले आज बुधवार एक कार्यक्रमका बिच ७ जना कृषक समुहहरुलाई मौरीको घार बितरण गरेको हो । आर्थिक बर्ष २०७५-०७६ को बार्षीक स्विकृत बजेटबाट ७५ प्रतीशत अनुदानमा मौरी घार वितरण गरिएको हो ।

भाग्यलक्ष्मी माहुरीपालन केन्द्र दंगीशरण ७ लाई २८ वटा , महेश माहुरी फर्म दंगीशरण ६ लाई ३० वटा , जय भवानी कृषि सहकारी सस्ंथा दंगीशरण १ लाई १५ वटा, संगम माहुरी फर्म दंगीशरण ७ लाई ८ वटा ,प्रगतीशिल समुहलाई ८ वटा ,रानीवन कृषि सहकारी सस्ंथा दंगीशरण ३ लाई १० वटा , त्रिशक्ति कृषि सहकारी सस्ंथा दंगीशरण ६ लाई ३० वटा माहुरी को घार गरी जम्मा १ सय २९ वटा घार वितरण गरिएको हो । सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले गाउँपालिकालाई कृषकमूखी गाउँपालिकाको रुपमा परिचित गराउँने उद्धेश्यले गाउँपालिकाले कृिष क्षेत्रका लागि पकेट क्षेत्रको रुपमा परीचित रहेकाले कृषकहरुको मागलाई मध्य नजर गर्दै यस्ता कार्यक्रमहरु संचालन गरेको बताईन् । कुनै पनि कृषक ब्यक्तिगत लगानीले मात्र सफल नहुने भन्दै कृषि क्षेत्रलाई गुणस्तरीय बनाउँन यस्ता खालका कार्यक्रममले सहयोग पुग्ने बताईन  । उनले माहुरी बाट हुने महलाई स्थानीय क्षेत्रमा मात्र नभई बाहिरी जिल्लामा पनि निर्यात गर्न सक्ने गरी ब्यवसायीक बनाउँन आग्रह गरीन । कृषि शाखा प्रमूख सरु भुषालको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण कृषि शाखाकी दिपा कवँरले गरेकि थिईन् ।

प्रतिकृया

प्रतिकृया