अञ्जना चौधरी,तुलसीपुर
१८ बैशाख/ केहीदिन अघि घटेको अण्डाको भाउ अहिले पुन: बढेको छ ।

केही दिन अघि डेढसयदेखि दुईसयसम्ममा कारोबार भईरहेको अण्डाको मूल्य अहिले भने पुनः तीनसय बनेको छ ।

बिभिन्न जिल्लामा बर्डफ्लूका कारण दाङमा उत्पादन भएको अण्डाको माग घटेपछि भाउ पनि घटेको थियो ।


ADVERTISEMENT

 


तर अहिले अण्डाको माग बढेपछि पुनः अण्डाको भाउ बढेको अण्डा उत्पादन संघ दाङका अध्यक्ष अञ्जान पौडेलले बताए ।

‘यस अघि अण्डाको माग घटेको थियो’ उनले भने‘ तर अहिले पुनः अण्डाको माग बढेको छ, त्यसैले अहिले अण्डा ब्यबसायीहरुले भाउ बढाएर अण्डा बेच्ने गरेका छन् ’ उनले भने‘ अबको केही दिनमा संघले नै मुल्य निर्धारण गर्नेछ ।

’ दाङको अण्डा सबैभन्दा बढि काठमाडौंमा निर्यात हुने गरेको भएपनि बर्डफ्लूका कारण अण्डा निर्यात घटेको थियो ।

दैनिक ६ हजार कार्टुन अण्डा खपत हुने गरेकोमा बडफ्लुका कारण एक हजार पनि मुस्किलले खपत हुने भएपछि एकाएक अण्डाको भाउ घटेको थियो ।

पछिल्लो समय काठमाडौलगायत अन्यजिल्लाहरुबाट अण्डाको माग बढेको छ ।

हाल दाङमा दैनिक दुईहजार दुईसय कार्टुन अण्डा उत्पादन हुने गरेको छ । तर उत्पादन भएको मध्ये दाङमा पाँचसय कार्टुन अण्डा मात्रै दाङमा खपत हुने र बाँकी अण्डा अन्य जिल्लामा निर्यात हुने गरेको छ ।

प्रतिकृया

प्रतिकृया