शंकर के सी,सल्यान
१८ बैशाख/ सल्यानको छत्रेश्वरी गाउँपालिकाले सुत्केरी हुने महिला, जेष्ठ नागरिक र अपांगता भएका ब्यक्तिलाइ एम्बुलेन्समा छुट दिने भएको छ ।

गाउँपालिकाद्धारा सञ्चालन गरिएका सबै एम्बुलेन्समा २५ प्रतिशत सम्म छुट दिने निर्णय कार्यपालिकाको २६ औँ बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारि दिएका छन् ।

घरमा सुत्केरी हुने स्थीतीलाइ शुन्यमा झार्ने अभियान अन्तर्गत गाउँपालिका भित्रका गर्भबति महिलाहरुलाइ स्वास्थ्य संस्था सम्म पर्याउनका लागि २५ प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको उनले जनाए ।


ADVERTISEMENT

 


आमा र बच्चाको ज्यान जोखिममा नपरोस भनेर बर्थिङ सेन्टर संचालनमा ल्याइएको र एम्बुलेनस समेत सञ्चालन गरेर छुटको समेत व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताए ।

त्यसैगरि गाउँपालिका क्षेत्र भित्रका (क) बर्गका अपाङ्गता भयका ब्यक्ती, ७० बर्ष पुगेका जेष्ठ नागरिक र ६० बर्ष पुगेका जेष्ठ दलित नागरिकका लागि जुनसुकै स्वास्थ्य सस्थासम्म पुग्नको लागि एम्बुलेन्समा २५ प्रतिसत छुटको ब्यबस्था गरियको छ ।

ख, ग र घ बर्गका अपाङ्गता भयका ब्यक्तिहरुको हकमा क्रमस १५, १० र ५ प्रतिशत छुट लागू हुने स्वास्थ्य शाखा प्रमुख अम्मर शर्माले बताएका छन् ।

कार्यपालिका बैठकले ५ किलोमीटर सम्ममा एम्बुलेन्सको भाडा न्युनतम ५ सय निर्धारण गरेको छ । कच्ची सडकमा प्रतिकिलोमिटर १ सय र पक्की सडकमा ७५ रुपैयाँ भाडादर समेत कायम गरिएको छ ।

गाउँपालिकाले ३१ लाख ५० हजार रुपैया खर्च गरेर ३ वटा एम्बुलेन्स खरिद गरेको थियो । आफ्नै कार्यालयको बजेट तथा विभिन्न योजना हरुबाट बचेको रकमबाट गाउँपालिकाले खरिद गरेका एम्बुलेन्स भोटेचौर , झिम्पे र दमाचौरका ३ वटा बर्थिङ सेन्टरबाट सन्चालनमा रहेका छन् ।

समयमै बिरामीलाई अस्पताल सम्म पुर्याउन नसक्दा अकालमै धेरैले ज्यान गुमाउनुपर्ने अवस्था रहेको जनाउँदै गाउापालिका अध्यक्ष केसीले त्यसलाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गर्नुपरेको बताए ।

प्रतिकृया

प्रतिकृया