लमही,
१८-बैशाख /  दाङको राजपुरमा महामारीको रुपमा फैलिएको दादुरा नियन्त्रण गर्न सबै बालबालिकामा दादुरा रुबेला बिरुद्धको खोप लगाईएको छ ।

बिशेषज्ञसहितको टोलीले यही बैशाख १६, १७ र १८ गते खोप लगाएको हो । करिब एकमहिना अघि देखि गाउँपालिकाको वडा नं. ४ का ५० भन्दा बढि बालबालिकामा दादुरा देखिएपछि बिशेषज्ञसहितको टोलीले ल्याब परीक्षण गरेपछि खोप लगाउन पर्ने निष्कर्ष निकालिउको थियो ।

तीनदिनसम्म दुईहजार पाँचसय ४९ बालबालिकालाई खोप लगाईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले जानकारी दिए । उनका अनुसार १६ गते वडा नं. ४ को फोहोरामा दुईसय १७, वडा ४ कै मोतिपुरमा एकसय ९५ बालबालिका लाई खोप दिईएको हो ।


ADVERTISEMENT

 



त्यस्तै १७ गते वडा नं. ४ अन्तर्गतकै दुलैयामा तीनसय १९, रोईनियामा एकसय ९१ र मुङ्ग्रेठामा ७५ जना बालबालिकालाई खोप लगाईएको उहाँले जानकारी दिए ।

साथै १८ गते वडा ५ मा एकहजार ४८ जना बालबालिका लाई खोप दिईएको छ भने सोही दिन वडा ३ अन्तर्गत बसन्तपुरमा ५ सय ४ जनालाई दादुरा रुबेला बिरुद्दको खोप दिईएको छ ।

विश्व स्वास्थ्य संगठन , आईपिडी नेपालगञ्ज, युनिसेफ भैरहवा, परिवार कल्याण महाशाखा काठमाण्डौ, स्वास्थ्य कार्यालय दाङ र राजपुर गाउँ पालिकाको सहयोगमा दादुरा रुबेला बिरुद्दको खोप लगाईएको हो । गाउँपालिकाका ९ महिनादेखि १५ बर्षमुनिका बालबालिकालाई खोप लगाईएको रोकाले बताए ।

प्रतिकृया

प्रतिकृया