शंकर के सी,सल्यान
२९ बैशाख/ सल्यानमा वन डढेलोमा परि दुई जनाले ज्यान गुमाएका छन् ।

यस्तै वनको डढेलो बस्ती सम्म फैलदा दर्जनौँ घर गोठ जलेर नष्ट भएका छन् भने दुई हजार हेक्टर भन्दा बढि जंगलमा क्षती पुगेको छ ।

जिल्लाको छत्रेश्वरी गाउपालिका र शारदा नगरपालिका भित्रका बनमा भएको आगोलागीमा परेर २ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो ।


ADVERTISEMENT

 



जिल्लाको छत्रेश्वरी गाउपालिका ६ मा रहेको भूवनेश्वरी सामुदायिक बनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा शनीबार बिहान जलेर छत्रेश्वरी गाउपालिका ६ सिमपानी निबासी ६५ बर्षिय पेन्टी बोहराको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अर्का स्थानिय ४० बर्षिय खगेन्द्र बोहरा गम्भिर घाईते छन् । बनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा उनको हात, खुट्टा र छाती जलेको छ ।

यस्तै गतबैशाख २४ घरबाट हराएका शारदा नगरपालिका ९ दुवेरीका अन्दाजी ६३ बर्षिय गोबद्र्धन पुनको पनि आगलागीमा परेर मृत्यू भएको प्रहरीले जनाएको छ ।

स्थानियले खोजी कार्य गर्दा काफलपानी सामुदायिक बनमा शुक्रबार बेलुका मृत अबस्थामा फेला परेको प्रहरीको भनाई छ । बैशाख २४ गते नै बनमा आगलागी भएको र सोही क्रममा बाटोमा हिड्दै गर्दा जलेर मृत्यू भएको हुन क्ने प्रहरीले बताएको छ । आगोले जलेपछि उनी भिरबाट लडेर मृत्यू भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

शुक्रबार सामुदायिक बनमा भएको आगलागी बस्तीमा आउदाँ छत्रेश्वरी गाउँपालिका ६ रामकाँडाका ६ घर र ४ वटा गोठ जलेर नष्ट भएका छन् भने कपुरकोट गाउपालिका ३ मुलपानीमा पनि १ घर जलेर नष्ट भएको छ । आगलागी बाट १२ लाख रुपैँया बढीको क्षती भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आगलागीले छत्रेश्वरी गाउँपालिका ६ रामकाँडाका टुल्क बुढाथोकीको १ घर र १ गोठ जल्दा २ लाख ५० हजार रुपैँया बढीको क्षती भएको छ । यस्तै ओम बहादुर राणाको एक घर र एक गोठ जल्दा १ लाख ५० हजार, जित बहादुर राणाको एक घर, एक गोठ जल्दा १ लाख ५० हजार, गौरी लाल राणाको १ घरमा आगलागी हुदाँ १ लाख, पदम राणाको १ घरमा आगलागी हुदाँ १ लाख ५० हजार र हरि बहादुर राणाको घरमा आगलागी हुदाँ १ लाख ५० हजार रुपैँया बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि बिरेन्द्र बहादुर शाहीले बताए ।

यस्तै कपुरकोट गाउपालिका ३ मुलपानीको स्थित सामुदायिक बनमा लागेको आगलागीले गृरिस लाल खड्काको १ घरमा आगलागी हुदाँ २ लाख रुपैँया बराबरको क्षती भएको प्रहरीले जनाएको छ । घरमा आगलागी हुदाँ लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी पिडितलाइ जिल्ला प्रशसन, स्थानिय तह, रेडक्रस लगाएतका निकायहरुले आइतबार राहत वितरणको तयारि गरेका छन् ।

प्रतिकृया

प्रतिकृया