टेक बहादुर पुन,लमही
२९ वैशाख/ दाङ लमही नगरपालिका ७ उचानिम्बु स्थित स्वर्गद्धारी आश्रमको स्वामित्वमा रहेको जग्गाको मोही हक आफुहरुले पाउनुपर्ने स्थानीयले बताएका छन् ।

स्थानीय सिउनारायण चौधरीले भन ‘नेताहरुले चुनाबमा जग्गाको पूर्जा दिलाइ दिने आश्वासन दिए, तर आफूहरु बर्षौ देखि जग्गा जोत्दै आएपनि आफ्नो नाममा जग्गा नहुँदा मानसिक रुपमा पिरिलो भइरहेको छ ।’

नेताहरु आएर जग्गाको लालपुर्जा दिलाईदिन्छौ भनेपनि पुस्तौ देखि भोगचलन गरिरहेको जग्गाको लालपुर्जा दिलाउन कुनै चासो नदिएको बताए ।


ADVERTISEMENT

 



आश्रमको ८४ बिगाह जग्गा छ । ‘ केही जग्गा राप्तीको कटानमा छ’ स्थानीय भगत चौधरीले भने‘अहिले ठ्याक्कै यति छ भनेर भन्ने अबस्था छैन ।

करिब ५ पुस्ता अघि आश्रमले अधियामा जग्गा दिएको सुन्नमा आउँछ । पुर्जा आश्रमको नाममा छ त्यहाका किसानले पुर्जा नै देखेका छैनन ।’

उक्त जग्गामा २०५०/०५१ देखि जग्गामा धेरैले आँखा गाडे । पहिला सबै जग्गामा अधिया खेती गरिन्थ्यो । अहिले अरुले भोगचलन गरेपनी उत्पादन दिएका छैनन् । आयश्रोत गुमेपछी स्वर्गद्धारीको संरक्षण र बिकासमा बाधा पुगेको उनी बताउछन् । स्वर्गद्वारीको जग्गामा बस्दै आएका मोही, अधियाँ गर्दै आएका किसान र भोगचलन गर्दै आएका व्यक्तिबारे राजनीतिक दलहरूको प्रष्ट दृष्टिकोण नआएसम्म समस्याले निकास पाउने अवस्था नरहेको स्थानीयको भनाई छ ।

सर्वोच्च अदालतले २०६४ मा निजी गुठी भनेर आश्रमको जग्गामा मोहियानी हक नलाग्ने पनि फैसला गरेको छ । दाङमा भने पुस्तौदेखी खनजोत गरेको जग्गाको मोही हक आफुहरुले पाउनुपर्ने स्थानीयको माग छ ।

उचानिम्बुमा १८ मोही छन । तर मोहि लिएका किसान अहिले छैनन् । त्यही मोही जग्गालाई दोस्रो हकवालाको नाममा नामसारी गराउन खोज्दा भुमिसुधार कार्यालयले दुख दिने काम गरेको पीडितहरुको आरोप छ ।

पडितले आरोप लगाएका छन् । महिनै पिच्छे भुमिसुधार कार्यालय जाँदा पनि अर्को महिना भन्दै टार्ने काम भएको पिडित कन्हैयालाल चौधरीले बताए । अन्य क्षेत्रमा जग्गा अतिक्रमित भएर सँरचना सँगै किनबेच भएपनि उचानिम्बुमा जग्गा यथास्थिति रहेको स्थानियको भनाई छ ।

आश्रमसँग सम्झौता गरेका किसान त्यहाँ छैनन् । अरु व्यक्तिहरुले नै जग्गा चर्चिएको देखिन्छ । अदालतमा मुद्धा पर्छ । प्रहरी, अदालतका कर्मचारी घर भत्काउन पुग्छन् । तर, राजनैतिक आडमा त्यस्रो पक्षको हालीमुहाली मौलाएको छ । नेताहरुले मिनाहा हुन्छ भनेर अलमल्याउने भएकाले मोही नियमित तिर्न तयार नभएको स्वर्गद्वारी आश्रम बनगाउँको भनाइ छ ।

आफ्नो जग्गा फिर्ता गर्न बेला–बेलामा आश्रमले आवाज उठाउने गर्छ । आश्रम व्यवस्थापन समितिले जग्गा अतिक्रमण हटाउन दाङ, प्यूठान र रोल्पाका प्रमुख जिल्ला अधिकारी सहितको बैठक थुप्रै पटक बसायो ।

तर, कुनै प्रगति भएको देखिएन । सरकारको सहयोगमा गुठी संस्थानले आश्रमको जग्गालाई राजगुठी बनाउन थालेपछि आश्रम सर्वोच्च अदालत गएको सहायक कोठारी न्यौपाने बताउँछन् ।अदालतले आश्रमकै पक्षमा फैसला सुनाएपनि कार्यान्वयनमा आउन नसकेको उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया