तुलसीपुर
२९ वैशाख/ दाङमा चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् ।

प्रदेश नं. ५ प्रदेश अनुशन्धान ब्युरोका प्रहरी निरीक्षक देबि प्रसाद गैरेको नेतृत्वमा गएको टोलीले बजारमा हिडदै गरेको अवस्थामा छाला सहित पक्राउ गरिएको हो

। उनीहरुको हिडाईनै शंकास्पद देखिएपछि आइतबार बिहान साढे १० बजेतिर पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर १ का २० बर्षीय बिष्णु खनाल,२६ बर्षीय शालिकराम भण्डारी र सोही वडाकै ३२ बर्षीय दिपक भण्डारी रहेका छन ।

अनुशन्धान ब्युरोले उनीहरुको साथबाट सेतो प्लास्टिकको बोरा भित्र लुकाइराखेको अवस्थामा ध्वासे चितुवाको सिङ्गो छाला नै बरामद गरेको हो । पक्राउ परेका तीनैजनालाई अनुशन्धानका लागि इलाका प्रहरी कार्यालय भालुबाङमा राखिएको छ

प्रतिकृया

प्रतिकृया