घोराही
३० वैशाख/ दाङमा चोरीका सुन किनवेचमा सुनचाँदी व्यवसायीहरुको समेत संलग्नता देखिएको प्रहरीले दावी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले एक बिज्ञप्ती जारी गरी सुन चोरी गर्ने व्यक्ति र खरीद गर्ने सुनचाँदी व्यवसायी बिच सम्बन्ध देखिएको दावी गरेको हो ।

घोराही उपमहानगरपालिका १४ ट्राफिक पुलचोक बस्ने सद्धाम हुसेनलाई सुन चोरीको अभियोगमा प्रहरीले पक्राउ गरेपछि उनको बयानका आधारमा व्यवसायीहरु समेत चोरीको सुन किनबेचमा संलग्न भएको प्रहरीले बताएको छ ।


ADVERTISEMENT

 



चार जना पिडितहरुको निबेदनका आधारमा प्रहरीले सुन चोरी गर्नेको खोजी गरेको थियो । सो क्रममा पक्राउ परेका हुसेनले दिएको बयान र प्रमाणका आधारमा हुसेन सहित ६ जना पक्राउ परेका छन भने दुई जना फरार रहेका छन् ।

प्रहरीले चोरीका सुन पगाल्ने नेपालगञ्ज उपमहानगरपालिका ४ देवाफुलबारी घरभई हाल घोराही १४ मा डेरागरी बस्ने अमर थापा, घोराही १६ लेटारका खिमबहादुर घर्ती, घोराही १३ वडहराका डम्बरबहादुर वली, घोराही १४ मा रहेको पाल्पा भैरव सुनचाँदी पसलका सञ्चालक पुनलाल गहतराज, दिपिका सुनचाँदी पसलका गुमानसिंह सुनार, राधिका सुनचाँदी पसलका डम्बरलाल विकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

उनिहरुको साथबाट १० लाख ७९ हजार ४ सय १९ रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ । उनिहरु बिरुद्ध मुलुकी अपराध संहिता अनुसार आबस्यक अनुसन्धान पुरा गरी सरकारी वकिल कार्यालयमा बुझाईएको प्रहरी प्रबक्ता विनोदबिक्रम शाहले जानकारी दिनुभयो ।

यसैविच चोरीका सुन खरिद बिक्रि गर्ने घोराही न्यूरोडमा रहेको शाक्य गहना पसलका बाबुछोरा हेमराज शाक्य र सुभाष शाक्यको नाममा अदालतले पक्राउ पूर्जी जारी गरेको छ । उनिहरु घटना पछि फरार रहेको प्रहरीको भनाई छ ।।

प्रतिकृया

प्रतिकृया