शंकर के सी,सल्यान
३१ बैशाख/ सल्यान छत्रेश्वरि गाउँपालिकामा आगलागीमा पनि घाइते भएका खगेन्द्र वोहोराको उपचारको क्रममा मृत्यु भएको छ ।

छत्रेश्वरि ६ रामकाडाका ४७ बर्षिय खगेन्द्रको उपचारको क्रममा मंगलबार ज्यान गएको हो ।

२८ गते इन्द्रेणी सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा घाइते भयका उनको उपचारको क्रममा काठमान्डौको किर्तिपुर अस्पतालमा बिहान ५ बजे ज्यान गयको वडा अध्यक्ष चुडामणि दसौदीले जानकारि गराए ।


ADVERTISEMENT

 



आगलागीमा परि शरीर जलेर घाइते भएका खगेन्द्रलाइ जिल्ला अस्पताल सल्यानमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि काठमाण्डौँ लगिएको थियो । पोष्टमार्टम पश्चात शव सल्यान ल्याइदैछ ।

यस अघि सोहि सामुदायीक वनमा लागेको आगोमा जलेर पेन्टी वोहोराको पनि ज्यान गएको थियो ।

यसैविच कपुरकोट ५ को जंगलमा लागेको आगो मंगलबार नियन्त्रणमा लिइएको छ । प्रहरी तथा स्थानियले रीमको जंगलमा लागेको आगो नियन्त्रणमा लिएको प्रहरी चौकी कपुरकोटका इन्चार्ज सई सुरेन्द्र बुढाथोकीले जनाए ।

प्रतिकृया

प्रतिकृया