घोराही
१ जेठ/ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले समाज रुपान्तरणमा रेडियोको भुमिका शसक्त रहेको बताएका छन ।

रेडियो मध्यपश्चिमको १३ औँ स्थापना दिवसका अबसरमा आयोजित कार्यक्रमका बोल्दै प्रमुख अतिथी मुख्यमन्त्री पोख्रेलले सामाजिक र राजनितिक जागरणमा रेडियोको भूमिका शसक्त रहेको बताएका हुन ।

रेडियो मध्यपश्चिमले सामाजिक, आर्थिक, राजनितिक सहित हरेक क्षेत्रको चौतर्फि विकासमा खेलेको योगदान प्रशसनिय रहेको चर्चा गर्दै मुख्यमन्त्री पोख्रेलले आवाजहिनको आवाज बन्ने सोचमा अडिक रहन सुझाब दिएका छन ।


ADVERTISEMENT

 



लोकतान्त्रीक राज्यलाई कमजोर पारेर लोकतन्त्र बलियो हुनै नसक्ने भन्दै उनले संचार क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रेस स्वतन्त्र भए मात्रै लोकतन्त्र दिगो र बलियो हुने उनको धारणा छ ।

सञ्चार क्षेत्रमा आएका बिकृतीलाई रोक्न पत्रकारहरु स्वयमले बसह र समिक्षा गर्नुपर्ने उनको भनाई छ । सरकार सञ्चार क्षेत्रलाई नियन्त्रण गरेर कमजोर पार्ने पक्षमा नरहेको समेत स्पष्ट पार्दै उनले सञ्चार क्षेत्रमा पसेको भाईरसलाई नियन्त्रण गर्नुको विकल्प नभएको पनि बताएका छन।

सञ्चार क्षेत्र सँग सरकार टकराव सृजना गर्नै नचाहेको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रमा प्रबेश गरेको अराजकतालाई भने पत्रकारहरुले नै अघि सरेर रोक्नुपर्ने बताएका छन ।

कार्यक्रममा विशिष्ठ अतिथी रेडियोका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले प्रेसलाई दण्ड बिधानको स्विकार्य नहुने बताएका छन । प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न सरकारलाई आग्रह गर्दै उहाँले सत्य लेखेको भरमा कार्वाही भोग्ने कानुन मान्य नहुने बताएका हुन।

पत्रकारीता जिम्मेवार पेशा भएको भन्दै त्यसको मर्म र जिम्मेवारीलाई पत्रकारहरुले अक्षरस पालना गर्नुपर्नेमा उनको जोड छ । सम्झाउने, बुझाउने र खण्डन गरेर अघि बढ्दै आएको नेपाली पत्रकारीतामा बिदेशी कानुनको नक्कल आबस्यक नभएको समेत स्पष्ट पारेका छन ।

प्रतिकृया

प्रतिकृया