घोराही
१ जेठ/दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिडेट द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १३ औँ स्थापना दिवस मनाएको छ ।

रेडियोका अध्यक्ष शुसिल गौतमको अध्यक्षता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता र रेडियोका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा रेडियोले १३ औँ स्थापना दिवस मनाएको हो ।

रेडियोका उपाध्यक्ष मधुसुदन बैद्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्ने बक्ताहरुले सञ्चार क्षेत्रको विकास भए मात्रै सामाजिक, आर्थिक र राजनितिक विकास सहज ढंगले हुने बताएका छन् ।


ADVERTISEMENT

  



संबृद्धीको सपनालाई पुरा गर्न सञ्चार क्षेत्रको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन् । सामाजिक, आर्थिक, राजनितिक सशक्तिकरणमा रेडियो भूमिका अहम रहेको भन्दै बक्ताहरुले सत्यको खोजी र गलत कार्यको उजागर गर्नुपर्नेमा सुझाब दिएका छन् ।

कार्यक्रममा सञ्चार क्षेत्रका बक्ताहरुले प्रेसलाई नियन्त्रणमा लिन खोज्नु जनताको अधिकार खोस्नु सरहको भएको बताए । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधान हटाउन माग समेत गरेका छन् ।

कार्यक्रममा संघिय संसदका सदस्य हिराचन्द्र केसी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनस्याम पाण्डे, प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, नेपाली कांग्रेसका कोषाध्यक्ष सावित्री राना, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, नेकपा माओबादी क्रान्तिकारी संयोजक हिरामणि दुःखी, सामुदायिक रेडियो प्रशारक संघका प्रदेश संयोजक केपी घिमिरे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त र दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल लगाएकाले रेडियो मध्यपश्चिमलाई सुभकामना दिदै सत्य र निष्पक्ष सूचना एंव समाचारको पक्षमा अडिक रहनु सुझाब दिनुभयो ।

कार्यक्रममा निबर्तमान अध्यक्ष माधबप्रसाद शर्माले धन्याबाद ज्ञापन गर्नुभएको थियो भने सहजिकरण सचिब सुदर्शन रिजालले गर्नुभएको थियो । रेडियोले स्थापना दिवसका अबसरमा उत्कृष्ठ कर्मचारीकारुपमा समाचार शाखामा कार्यरत शुसिला वली र कार्यक्रम प्रस्तोता दिपक भण्डारीलाई नगद सहित पुरस्कृत गरेको छ ।

त्यसैगरी, कालिका मेडिकल र सपना इन्टरप्राईजेजलाई उत्कृष्ठ बिज्ञापनदाताकारुपमा सम्मान गरेको । साथै स्थापना दिवसका अबसरमा आयोजित रक्तदानमा सहभागि र बक्तृत्वकला प्रतियोगितामा विजयी भएकालाई प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिकृया

प्रतिकृया