दीपक बोहरा,दाङ
१ जेठ/ प्रदेश नं. ५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश ईञ्चार्ज शंकर पोखरेलले मुलुकमा कठीन यात्रा शुरु भएको बताए ।

बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दाङ जिल्ला कमिटिका पदाधिकारीलाई घोराहीमा सपथ ग्रहण गराउनुका साथै प्रशिक्षण दिदै पोखरेलले मुलुकमा राजनीतिक लडाई सकिएर समाज रुपान्तरणको लडाईमा रहेको भन्दै राजनीतिक लडाईभन्दा समाज रुपान्तरणको लडाई धेरै कठीन भएको बताए ।

‘ हामीले राजनीकि परिबर्तनका लागि थुप्रै लडाई लड्यौ’ उनले भने‘ अब ति लडाई भन्दा कठीन लडाई, समाज परिबर्तनको लडाई लड्दैछौं ।’राणा शाह, पञ्चायत, राजतन्त्र र बुर्जवा शक्तिका बिरुद्धको लडाईमा यी शक्तिहरुलाई पराजित गर्दै समृद्धिको लडाईमा पुगेको भन्दै अब कुनै पनि राजनीतिक लडाई बाँकी नरहेको बताए ।


ADVERTISEMENT

 



अब गरीबि, अशिक्षा, दरिद्रतालाई पराजित गर्नुपर्ने कठीन घडिमा आफुहरु उभिएको उनको भनाई थियो । साथै मुलुकको अर्थतन्त्र सबल बनाएर समृद्ध राष्ट्र निर्माण गरि समाजवादको यात्रा तय गर्नु पर्ने अबस्था नेकपाको सरकारलाई रहेका समेत उनले बताए । यो कठीन यात्राको शुरुवात भईरहेको समेत उनको भनाई थियो ।

उनले संबिधानमा उल्लेख गरेर शान्तिपूर्ण समाजवाद निर्माण गर्ने कार्य नेकपाको सरकारको मात्रै नभई सम्पूर्ण नेकपाका नेता, कार्यकर्ता तथा समर्थकहरुमा रहेको समेत बताए ।

‘ हामीले समाजवादको आधार तयार गर्न स्थानीय सरकार हाम्रो नेतृत्वमा हुनुपर्छ भन्यौ, त्यो अहिले छ, प्रदेश सरार हुनुपर्छ भन्यौ, त्यो पनि छ र केन्द्र सरकार हुनुपर्छ भन्यो, त्यो पनि छ’ उनले भने ‘ अब हामी सबै मिलेर समृद्धिको आधार तय गर्न सकेनौ भने हामीलाई जनताले बिस्वास गर्न छोड्छन् ।’

२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले बिभिन्न राजनीतिक आन्दोलन गरेको र ति आन्दोलनको सफलताको यात्रा अब शुरु भएको बताए । २००६ सालयता बिभिन्न राजनीतिक क्रान्ति भएपनि ति क्रान्तिले युग परिबर्तन गर्न नसकेको भन्दै अबको क्रान्तिले युग परिबर्तन गर्नुपर्ने बताए ।‘ यो बीचमा धेरै क्रान्ति भए,तर ति क्रान्तिले युग परिबर्तन गर्न सकेनन्’ उनले भने‘ अबका क्रान्तिले युग परिबर्तन गर्नुपर्छ ।’

उनले दुई ठूला पार्टी तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्र एकता भएर बिषाल कम्युनिष्ट पार्टी निर्माण भएपनि भावनात्मक एकता हुन नसकेको भन्दै अब भाबनात्मक रुपमा एकतालाई अघि बढाउनु पर्ने समेत उनको भनाई छ ।

‘ दुई ठुला पार्टी एक भएको लामो समय बित्यो, भर्खरै मात्रै जिल्ला कमिटि टुंगियो’ उनले भने‘ अब जिल्लाको एकताले पूर्णता पाएपछि गतिबिधिपनि बढ्छन्, भाबनात्मक रुपमा एक हुन्छ ।’

अतितमूखिभन्दा पनि भबिष्यमुखि भएर गतिबिधि अगाडि बढाए भावनात्मक एकता पनि छिटै नै टुंगिने उनको भनाई थियो । अब पालिकाभन्दा तलको एकता बाँकी रहेको भन्दै जिल्ला र पालिका स्तरीय कमिटिहरुले योजना निर्माण गरेर अघि बढ्न समेत निर्देशन दिए ।

त्यस अवसरमा नेकपा प्रदेश नं. ५ का अध्यक्ष ओनसरी घर्ती, प्रदेश सचिब जगप्रसाद शर्मा‘अपार’, केन्द्रीय सदस्य भागवत बिश्वासी, जीवन गौतम, निर्मल आचार्यलगायतले प्रशिक्षणात्मक मन्तब्य ब्यक्त गरेका थिए ।

जिल्ला अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब सुवास पुनले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया