तुलसीपुर
१ जेठ / नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत जनता बिद्यापीठ बिजौरीले निर्माण गरेका ब्यबसायीक भवनहरुको उद्घाटन गरिएको छ ।

विजौरीमा रहेको जग्गामा निर्माण गरिएको १७ वटा सटरहरुको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले ति ब्यबसायीक भवनको उद्घाटन गरेका हुन् ।

बुधबार उद्घाटन गर्दै मुख्य मन्त्री शंकर पोखरेलले संस्कृत विश्वविद्याललाई अनुसन्धानको केन्द्र बनाउने बताए । अहिले विश्वविद्यालयको अनुसन्धान र संस्कृत अध्ययन केन्द्र काठमाडौंमा केन्द्रीत रहेको भन्दै ति दुईवटै शाखाहरुलाई दाङबाट सञ्चालन गरि संस्कृत र अनुसन्धानको केन्द्रका रुपमा बिकास गर्ने बताए ।


ADVERTISEMENT

 



साथै उनले संस्कृत विश्वविद्यालय जस्तो पबित्र थालोलाई राजनीति गर्ने थलोको रुपमा प्रयोग गर्नु गलत रहेको भन्दै यस्तो हुननहुँने बताए ।

विश्वविद्यालयमा अनाबश्यक कर्मचारी भर्ती गर्ने गरिएको भन्दै कर्मचारी भन्दा पनि बिद्यार्थी भर्ना गर्न तर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो । त्यस अवसरमा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, बिश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोईराला, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगातले विश्वविद्यालयको धेरै जग्गा अतिक्रमणमा परेको भन्दै उक्त जग्गा खोजी गर्न तर्फ लाग्नु पर्ने बताएका थिए ।

करिब एक करोड ९२ लाखबराबरको लागतमा ति सडकहरु निर्माण गरिएको हो । विश्वविद्यालयको आम्दानी बृद्धिका लागि ति सटरहरु निर्माण गरिएको हो ।

प्रतिकृया

प्रतिकृया