लक्ष्मण बस्नेत, दाङ
५-जेठ /  दोस्रो उपराष्ट्रपति ‘चिल्ड्रेन गेम’ अन्र्तगत दाङ जिल्ला स्तरीय छनोट प्रतियोगिता आजदेखि शुरु भएको हो ।

दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथ्लेटिक्स, र कराँते छनोट प्रतियोगिता २०७६ का जिल्ला स्तरिय छनोट सुरु गरिएको हो ।

दाङ तुलसीपुरको वेल्झुण्डीमा एथ्लेटिक्स, तुलसीपुरमा कराँते, र तेक्वान्दो खेलका छनोट सुरु गरिएको दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले जानकारी दिए ।


ADVERTISEMENT

  



जिल्लामा छनोटमा पर्न सफल स्वर्णधारी खेलाडीहरुले प्युठानमा यहि जेठ ९ र १० गते हुने ५ नं. प्रदेश स्तरीय दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेममा सहभागिता जनाउनेछन् । प्रतियोगिताको औपचारिक उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले गरेका थिए । तेक्वान्दो खेलको उद्घाटनसंगै प्रतियोगिता अन्तरगतका अन्य खेलको उद्घाटन गरी खेल सुरु गरिएको छ ।

प्रतियोगितामा जिल्लामा स्थापित जोजाङमा प्रशिक्षणरत १४ वर्ष मुनिका कक्षा ८ सम्म अध्ययनरत खेलाडीहरुको सहभागिता रहेको छ । दुई दिन सम्म चल्ने प्रतियोगिताको महिला तर्फ २९–३२, ३२–३५ र ३५–३८ केजी तौल समुह त्यस्तै पुरुष तर्फ ३२–३५, ३५–३८ र ३८–४१ केजी तौल समुहमा पुम्से र फाइट गरी १ सय ८० खेलाडीहरु विच कडा प्रतिस्पर्धा हुनेछ ।

दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लाबहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्य एंव तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लामिछानेको विशिष्ट आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो । सो अवसरमा नेपाल तेक्वान्दो संघ प्रदेश नं ५ का अध्यक्ष बिमल रिजाल,सचिव बिरु भाई बज्राचार्य, दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य सिता चौधरी, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष भिम लाल वि।क, लगाएतको सहभागिता रहेको थियो ।

दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य सावित्रा गुरुङको स्वागत रहेको कार्यक्रमको संचालन समितिका सदस्य टोपेन्द्र थापाले गरेका थिए । यसैविच उसु खेलको जिल्ला स्तरिय छनोट सोमबार हुने आयोजक दाङ जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ ।

प्रतिकृया

प्रतिकृया