तुलसीपुर,
७-जेठ /  दाङमा पहिलो पटक नेपाली चलचित्र रिलिज भएदेखि शुरु भएका फिल्म हलहरु अहिले पनि त्यही अबस्थामा चलिरहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

हलको अबस्था सुधार नहुँदा अहिले नेपाली चलचित्रको बजार नै खस्किदै गएको बक्ताहरुको भनाई थियो ।

चलचित्र पत्रकारिता दिवसका अवसरमा चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको ‘दाङका सिनेमा हलको अबस्था, चुनौति र ब्यबस्थापन’ बिषयक अन्तक्र्रिया कार्यक्रममा बक्ताहरुले दाङका फिल्म हलहरु सुविधा सम्पन्न नहुँनु, गुण्स्तर नहुँनुजस्ता कारणले हलमा दर्शकहरु नआउने र नेपाल चलचित्रको ब्यापार नै धरापमा पर्ने गरेको चलचित्र निर्माता मुनाल घिमिरेले बताए ।


ADVERTISEMENT

  


 


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घिमिरेले अब फिल्म हलहरु नयाँ ब्यबस्थापन, प्रबिधियुक्त तथा सुविधासम्पन्न हुनुपर्ने बताए । ‘ जतिबेला नेपाली चलचित्र हलहरुमा चल्न शुरु गरेका थिए, त्यतिबेला ( बर्षौअघि) देखि निर्माण भएका हलको अबस्था अझै उस्तैछन्’ उनले भने‘ तर चलचित्रको स्तर हेर्दा उतिबेला भन्दा अहिले धेरै माथि पुगिसकेको छ ।’ बिगतमा ५० ÷ ६० लाखमा चलचित्र बन्ने गरेको भएपनि अहिले चलचित्र निर्माणकै लागि करोडौं खर्च हुने तर खर्च उठाउन नसक्ने अबस्था रहेको समेत उनको भनाई थियो ।

हलको अबस्था सुधार गर्न नसकिएको निमाहल चलचित्रका प्रकाश थापाले बताए ।‘ हाम्रा हलहरु परम्परागत मात्रै छन्, बिगतमा जस्ता थिए, त्यस्तै छन्’ उनले भने‘हामीले एसी सहित सुविधासम्पन्न बनाउन आबश्यक छ ।’

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुबराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार कमल गाउले, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमाल, अकोराबका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, पत्रकार दुर्गालाल केसी, कलाकार मनोज लामिछाने, बिष्णु चलचित्र हलका रमेश पोखरेललगायतले मन्तब्य ब्यक्त गरेका थिए । कोषाध्यक्ष शिव पुनले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब सन्तोष केसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया