शरदा नगरपालिकामा सहभोज सम्पन्न
शंकर के सी,सल्यान
११ जेठ/
अझै पनि समाजमा जातीय छुवाछुत समाजमा विद्यमान नै छ ।

कतीपय स्थानमा त दलित दलित समुदाय विभै पनि विभेद हुने गरेको छ । यस प्रकारका छुवाछुत र भेदभाव अन्त्य गर्न भन्दै सल्यानमा सहभोज गरिएको छ ।

सबैखालमा जातीय भेदभाव अन्त्य गरि छुवाछुत सामाजिक अपराध हो भन्ने कुराको शन्देश दिन शारदा नगरपालिकामा सहभोज गरिएको हो ।


ADVERTISEMENT

   


जिल्लाका दलित समुदायका अगुवा, नगरपालीका भित्रका सबै दलित समुदाय र गैरदलित समुदायलाई समेटेर सहभोजको आयोजना गरिएको शारदा नगरपालीकाका नगरप्रमुख शुरेस अधिकारीले जानकारि दिए ।

उनले भने, ‘अझै पनि चेतना अभावका कारण छुवाछुत जस्तो कलंक हाम्रो समाजमा यदाकदा जरो गाडेर बसेको छ । यो जरोलाइ जरैदेखि उखेलेर फाल्नुपर्छ र समाजका सबै एक भएर बस्नु पर्छ ।’

आफुले चुनाबको बेला सबै खाले जातिय भेदभाव अन्त्य गर्ने गरी घोषणा पत्रमा उल्लेख गरेकाले कार्यान्वयन गर्ने तरीकाले सबै समुदायलाई समेटेर सहभोजको आयोजना गरेको प्रमुख अधिकारिले जनाए ।

उनले पटक–पटक छुवाछुत सामाजिक अपराध हो भनेर कानुन देशमा बनाइए पनि लागु नभएको भन्दै यसको अन्त्य गर्न विशेष पहल हुन आवश्यक ठान्छन् । दलित र गैह्रदलित समुदायका व्यक्तिले एक साथ सहभोजमा सहभागी हुँदै दलित समुदायले छोएको खान नहुने रुढीवादी परम्परालाई तोडिएको थियो ।

‘जातीय विभेद भन्ने कुरा प्राकृतिक रुपमा बनेको होइन, यो मान्छेले नजानेर बनाएकाले यसलाई हटाउन जरुरी छ,’ नगरप्रमुख अधिकारीले भने, ‘पहिले मेरो बुवा आमाहरुले घर भित्र पस्न दिदैनथिए । अहिले दलितहरुको पनि मलामी जाने गरेको छु, बिहे भोजमा जाने गरेका छु, दलित समुदायलाई बलियो बनाएर जातीय विभेद हटाउन सकिन्छ ।’

सहभोज कार्यक्रममा दलित र गैह्रदलित समुदायकाले एक साथ खाना खाएका थिए । सहभोज कार्यक्रमको अवसरमा दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले जातीय विभेद र छुवाछूत सामाजिक कलङ्क भएकाले सबै जुटेर हटाउनु पर्नेमा जोड दिए ।

भेदभाव कानुनी रुपमा अन्त्य भएपनि व्यवहारीक रुपमा अनत्य हुन नसकेको उनको भनाइ थियो । उनले छुवाछुत अन्त्य, जातिय बिभेद अन्त्य गरेर सामाजीक सद्भाव बढाउनको लागी जनचेतनामुल कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

सभ्य समाज निर्माण गर्न, सामाजीक रुपान्तरणका लागी समाजका हरेक पक्षलाई तेरो मेरो भन्ने शब्द हटाउनु पर्ने अध्यक्ष नेपालीको भनाइ थियो ।

प्रतिकृया

प्रतिकृया