शंकर के सी,सल्यान
१३ जेठ/ सुख्खा पहिरो झरेपछि छिन्चु जाजरकोट सडकखण्ड अवरुद्ध भएको छ ।

सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ बांगीरह नजीकै पहिरो झरेपछि सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

बिहान करिव ४ बजेतीरको समयमा आएको पहिरोले कुनै पनि सवारि साधन आवतजावत गर्न सकेका छैनन् । यद्यपि सडकको अवरोध हटाउने प्रयास भइरहेको छ ।


ADVERTISEMENT

  


 


अहिले नेपाल प्रहरी र बनगाड कुपिण्डे नगरपालिकाको डोजर मार्फत पहिरो पन्छाउने काम भैरहेको छ ।

केहि समय लाग्ने ईलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज सुशील रावलले जानकारी गराए ।

प्रतिकृया

प्रतिकृया