दाङ,
२०-जेठ /  बिद्यार्थी कुट्ने शिक्षिकालाई रोल्पा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिद्यालय ढिला आएको भन्दै १४ जना बिद्यार्थीलाई कुटपिटबाट घाईते बनाउने रोल्पा रुम्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत बिद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

घाईते मध्ये ५ जना बिद्यार्थीहरु दाङ तुलसीपुरमा उपचार पछि रोल्पा फर्किएका छन् ।


ADVERTISEMENT

  



सोमबार विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

शिक्षिका पुनले भने बिद्यार्थीलाई ढिला आएको भन्दै अनुसासित बनाउन कुटपिट गरेको स्वीकार गरेकी छिन् । उनलाई बिद्यालय प्रशासनले जेठ १२ गते निमित्त प्रअको जिम्मेवारी तोकिएको थिए । तालिम भएको भन्दै प्रअले निमित्त प्रअको जिम्मेवारी पुनलाई दिएर होलेरी गएका थिए ।

उनको कुटाइले विमला रोका,भिमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, र शान्ता नेपालीको हात भाँचिएको छ । दाङ तुलसीपुर स्थित शाहारा पोलिक्लिनिकमा उपचार पछि फर्किएका उनीहरुलाई १५ दिनपछि फलोअप जाँचका लागि बोलाईएको उपचारमा संलग्न डा. घनश्याम शर्माले बताए ।

प्रतिकृया

प्रतिकृया