घोराही,
२५-जेठ /  दाङको घोराहीमा दुई दिन चलेको मधुमेह, थाईराईड तथा हर्मोन रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिबिरमा साढे ५ सय बढीले सेवा लिएका छन् ।

रोटरी क्लव अफ दाङ र त्रिभुवन नगर जेसिजको संयुक्त आयोजनामा शुक्रबार र शनिबार चलेको शिविरबाट ५ सय ६० जनाले सेवा लिएका हुन् ।

दुई दिने शिबिरमा जाँच, उपचार, परामर्शका लागि बजार क्षेत्र सँगै टाढा टाढाबाट समेत विरामीहरु आएको शिबिरका संयोजक प्रदिप सुबेदीले जानकारी दिनुभएको छ ।


ADVERTISEMENT

  


 


शिविरमा मधुमेह, थाईराईड तथा हर्मोन रोग सम्बन्धि बिषेशज्ञ डा. अशुंमाली जोशि सहित स्थानीय स्वास्थ्यकर्मीहरुले बिरामीको जाँच गरेका थिए ।

शिबिरबाट दश दिन सम्मका लागि औषधी र ब्लड सुगरको जाँच निशुल्क गरिएको छ । भने ओमपोलीक्लिनिकमा ३ महिने सुगर ज्द्यब्ज्ञऋ र थाईराईड परिक्षणमा ५ सय रुपैयाँ छुट दिईको छ ।

शिबिरमा ओम पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक प्राली ल्याव पाटनरमा र डाईविटिक एण्ड थाईराईड सेन्टर प्राली तथा अल्का अस्पताल प्राली काठमाडौले प्राविधिक सहयोग गरेका थिए । निशुल्क उपचार सेवा पाएपछि नागरिकहरु खुसी भएका छन् ।

प्रतिकृया

प्रतिकृया