रोल्पा,
२५-जेठ /   रोल्पाको सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले फुसको छानो विस्थापन कार्यक्रम अनुसार यस वर्ष कम्तिमा ४ सय घर फुसको छानो विस्थापन गर्ने बताएका छन् ।

शनिबार गाउँपालिकाबाट आठ वटै वडा कार्यालयहरुमा जस्तापाता पठाईएको छ ।

प्रत्येक वडाहरुमा फुसका छानो भएका घरहरुको पहिचान गरि यस वर्षमा कम्तिमा एक वडामा ५० घरधुरीका दरले ४ सय घरधुरी फुसको छानो हटाउने लक्ष्य लिएको अध्यक्ष घर्तीले बताए ।


ADVERTISEMENT

  



त्यसै अनुरुप प्रत्येक वडाबाट फुसको छानो भएका घरहरुको नामावली गाउँपालिकामा सिफारिस गरि पठाउन समेत वडा कार्यालयहरुलाई निर्देशन दिइएको अध्यक्ष घर्तीले बताए ।

उनले हाम्रा जनताहरुका वर्षौ देखि कमाइ कजाई गरि जम्मा गरेको सम्पति बर्षातको झरिले एकैछिनमा नष्ट बनाउने भने हिउदको समयमा आगोको कारण सम्पूर्ण सम्पति खरानी बनेको मैले हेर्न सक्दैन त्यसैले यो कार्यक्रमलाई अगाडि ल्याएको हुँ अध्यक्ष घर्तीले बताए ।

अघिल्लो वर्ष हामिले २ सय घर फुसको छानो हटाइसकेका छौ भने यस वर्ष ४ सय घर हटाउन लागेको उनले बताए । हामिले अगाडि सारेको कार्यक्रम अहिले राष्ट्रिय कार्यक्रम बनेको छ यसैले मलाई गर्व लागेको छ अव कुनै पनि गरिव जनता घर ओताउन नपाएर रुनुपर्ने छैन, बर्षौ सम्म कमाएको सम्पति बर्षातको पानी र हिउदको आगोले जलेर नष्ट हुने छैन ।

यस कार्यक्रमका लागि प्रदेश सरकारबाट १ करोड बजेट विनियोजन भएको थियो ।

प्रतिकृया

प्रतिकृया