ओमप्रकाश गुप्ता,भालुवाङ
२६ जेठ/ राप्ती गाउँपालिकामा ८० करोडको लागतमा खेल मैदान निर्माण हुने भएको छ । प्रदेश नं. ५ सरकारको

एक गाउँपालिका एक रंगशाला कार्यक्रम अन्र्तगत राष्ट्रिय स्तरको खेलकुद मैदान निर्माण गर्ने योजना रहेको छ । सोही अनुसारको डिपीआरको प्रारम्भीक प्रतिबेदन प्रस्तुत गरिएको छ ।

गाउँपालिका स्तरीय तथा राष्ट्रिय स्तरको खेलमैदान निर्माणको लागि प्रदेश सरकारले स्थान छनौटका लागि जग्गा तथा क्षेत्र माग गरेपछि राप्ती गाउँपालिकाले वडा नम्बर ३ र ७ स्थित भानपुर र बसन्तापुरको करिव २० विगाह जग्गा गढवा गाउँपालिकासंग समन्वय गरेर छुट्याईएको थियो ।


ADVERTISEMENT

   


मन्डेला इन्जिनियरिङ कन्सल्टेन्सीले निर्माण गरेको प्रतिवेदनको प्रारम्भिक प्रातिवेदन अनुसार राष्ट्रिय स्तरको खेलमैदान निर्माणको संरचना निर्माणका लागि करिव ८० करोड लाग्ने बताइएको छ ।

अध्यक्षकप र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने
राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा अध्यक्षकप प्रथम गाउँपालिका स्तरिय फुटवल तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने भएको छ ।

गाउँपालिका क्षेत्रका विद्यालयहरु विचमा संञ्चालन हुने अध्यक्षकप प्रथम गाउँपालिका स्तरिय फुटवल तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता जेठ २७ देखि ३० गते सम्म चल्ने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

विहान ७ बजे देखी सुरु हुने प्रतियोगीता सबैलाई पायक पर्ने गरि नवज्योती आधारभुत विद्यालय सिरिचौर मसुरीयामा संञ्चालन हुने छ । प्रतियोगीतामा भलिवल छात्र छात्रा, कवड्डी छात्र छात्रा र एथ्लेटिक्स तर्फ १००,४०० र १५०० मिटर दौड समावेश गरिएको छ ।

प्रतिकृया

प्रतिकृया