घोराही
२७ जेठ/ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि घोराही उपमहानगपालिकाले प्रत्येक वडाबाट २५ जनाका दरले कामदार छानेको छ ।

चालु आर्थिक बर्षको असार मसान्त सम्म काम गर्ने गरी उपमहानगरले ३६ वटा योजना छनोट गर्दै त्यसमा रोजगारीका लागि १९ वडाबाट २५ जनाका दरले ४ सय ७५ जना कामदार छानिएका छन् ।

उपमहानगरपालिकाका विभिन्न आयोजनामा काम गर्ने गरी ४० हजार देखी ५ लाख रुपैयाँ सम्मको योजना छनोट भएको रोजगार संयोजक शरद पाण्डेले जानकारी दिएका छन ।


ADVERTISEMENT

  



छनोटमा परेका कामदारले सरसफाई, बृक्षारोपण, कल्भर्ट निर्माण, बाटो मर्मत, सिचाई पोखरी निर्माण, कुलो निर्माण, बगैचा निर्माण, पर्खाल निर्माण जस्ता कामहरु गर्नु पर्ने छ ।

एक महिनामा सक्नु पर्ने आयोजनाका लागि केन्द्र सरकारले घोराही उपमहानगरमा १ करोड रुपैयाँ पठाएको छ । कामदारले दैनिक ५ सय रुपैयाँ पाउने छन भने ७ घण्टा काम गर्नुपर्ने छ ।

रोजगारीका लागि उपमहानगरपालिकामा १३ हजार २ सय ५७ जनाले फारम भरेका थिए । त्यस मध्यबाट मापदण्ड अनुसार छनोट गर्दा एउटा वडामा २५ जनालाई रोजगार दिने निर्णय भएको संयोजक पाण्डेले बताएका छन ।

रोजगारीका लागि उत्पादनले बर्षभरीको ३ महिना खान नपुग्ने कृषिमा आश्रीत परिवार, बसोबासका लागि आफ्नै घर नभएको, एकल महिला, दलित अल्पसंख्यक समुदाय, कोही पनि सदस्यले न्यूनतम रोजगारी नपाएको, शहित तथा बेपत्ता परिवारका सदस्यलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समाबेश गरिने छ ।

कामदारलाई आबस्यक पर्ने सबै उपकरणहरु समेत आईसकेको र केही दिनमा कार्यक्रम लागु गरि काम सुरु हुने संयोजक पाण्डेको भनाई छ ।।

प्रतिकृया

प्रतिकृया