शिबराज पन्थी,,गढवा
२७ जेठ/ दाङको गढवा गाउँपालिकाले चालु आर्थिक बर्षमा एक करोड बढि राजश्व संकलन गर्न सफल भएको छ ।

राजश्व परामर्शको प्रतिवेदन बमोजिम चालु आर्थिक बर्षमा गढवा गाउँपालिकाले एक करोड ४४ लाख ८४ हजार ४ सय १२ रुपियाँ राजश्व संकलन गर्न सफल भएको छ ।

साथै गाउँपालिकाले आगामी बर्ष नदीजन्य पदार्थबाट ३ करोड र अन्य क्षेत्रबाट ७७ लाख गरी पौने ४ करोडबढी राजश्व संकलन गर्ने लक्ष्य लिएको अध्यक्ष सहजराम यादवले जानकारी दिए ।


ADVERTISEMENT

  



चालु आर्थिकबर्षमा मालपोतबाट ७१ हजार तीनसय ९२, सम्पत्तिकर बाट ११ लख २२ हजार ५ सय आठ,ब्यवसाय करबाट ४ लाख ८९ हजार,सिफारिस दस्तुरबाट २० लाख १ हजार ५सय९०,बाहाल करबाट ४२ हजार ८ सय ६३,दण्ड जरिवाना ७४ हजार २ सय५०,सेवाशुल्कबाट ४ लख २५ हजार ४ सय ५८,नविकरणबाट ३ हजार,जग्गा रेखांकन बाट १ लाख ६६ हजार ९ सय पचास,न्यायिक समिति निवेदनबाट ६ हजार चारसय,फोहर ब्यवस्थापनको सेफ्टीटैंकी बाट १ लाख ६८ हजार ५ सय गरि ४५ लाख ७१ हजार ९ सय ११ र नदीजन्य पदार्थको राजश्व तथा ठेक्काबाट १ करोड ९९ लाख १२ हजार ५ सय रुपियाँ गरी कुल २ करोड ४४ लाख ८४ हजार ४ सय बाह्र रुपियाँ राजश्व संकलन भएको गाउँपालिकाले जनाएको छ ।

नदीजन्य पदार्थबाट संकलित कुल राजश्वको २ प्रतिसत ३ लाख ९८ हजार २ सय पचास जिल्ला समन्वय समितिमा जाने,४० प्रतिशतले हुने रकम रु.७८ लाख ५ हजार ७ सय प्रदेश सरकारमा जाने र ५८ प्रतिशतले हुने १ करोड १७ लाख ८ हजार ५ सय पचास तथा अन्य शिर्षकबाट संकलित ४५ लाख ७१ हजार ९ सय एघार स्थानीय सरकारमा रहने ब्यवस्था भएको गाउँपालिकाले जनाएको छ ।

राजश्व परामर्शको बिज्ञ समेतको समितिले गत बैशाख २६ देखी पटक पटक गरि चारदिनसम्म छलफल र मन्थन गरेर चालु आर्थिकबर्षको राजश्व संकलनको विवरण र आगामी आर्थिकबर्षका लागि राजश्व संकलनको बिस्तृत खाका सहितको प्रतिवेदन संयोजक मार्फत गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई सोमवार हस्तान्तरण गरेको हो ।

प्रतिकृया

प्रतिकृया