तुलसीपुर
२८ जेठ/ तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भास्कर गौतमले बिद्यार्थीहरुले आफुहरुलाई जानकारी बिनै ताला लगाएको बताएका छन् ।

मंगलबार तुलसीपुर अनलाईनसंग प्रतिक्रिया दिदै प्रमुख गौतमले यस्तो बताए । आईतबार तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शाखामा दाङका तीन बिद्यार्थी संगठनहरुले ताला लगाएका हुन् ।

अनेरास्वबियू, अखिल क्रान्तिकारी र नेबिसंघले ताला लगाएका हुन् । यस क्षेत्रका बिद्यालयमा मनोमानी शूल्क बढाएको, आफुहरुसंग कुनै पनि बिषयमा छलफल नगरेको, बिगतमा भएका सहमतिहरु पालना नगरेको भन्दै बिद्यार्थीहरुले ताला लगाएका हुन् । तर  प्रमुख गौतमले यो कुरा स्वीकर गरेका छैनन् ।


ADVERTISEMENT

   


‘पहिले विद्यार्थी संगठनहरुसंग समय समयमा शैक्षिक संस्थाहरुको अनुगमन गर्ने सहमती मात्रै भएको हो’ उनले भने‘ त्यो सहमती अनुसार शिक्षा शाखाले काम गरेको छ ।’ उनले ताला लागाउनु भन्दा पहिले अल्टिमेटम दिनु पर्ने भएपनि कुनै जानकारी बिना काम गरिरहेका कर्मचारीहरुलाई बाहिर पठाएर ताला लगाएको तुलसीपुर अनलाईनलाई प्रतिक्रिया दिए ।

साथै उनले नियम कानुनमा रहेर चलेका शैक्षिक संस्थाहरुलाई कानुनभन्दा बाहिर गएर निर्देशन दिन नसकिने समेत गौतमले बताए । अहिले विद्यार्थी संगठन,प्याप्सन एनप्याप्सनसंग अनौपचारिक रुपमा बार्ता भई हरेको र चाडै सबैको सहमतिमा शिक्षा शाखामा लगाएको ताला खोल्ने उनले बताए ।

प्रतिकृया

प्रतिकृया