घोराही
२८ जेठ/ घोराहीमा एक किशोरी माथी एसिड प्रहार गरेको अभियोगमा एक जनालाई ४ बर्षपछि चार बर्ष कैद सजाय फैसला भएको छ ।

घोराही उपमहानगरपालिका १७ कि २२ बर्षिया रिता चौधरी माथी एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका ६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला भएको हो ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले घोराही चौधरीमाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई चार वर्ष कैद, १ लाख जरिवाना र पीडितलाई १ लाख ४५ हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको हो ।


ADVERTISEMENT

  



साथै अदालतले जरिवाना स्वरूपको १ लाख रुपैयाँ पनि पीडितलाई नै उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपाँईले जानकारी दिनुभयो । उक्त घटनाका अन्य आरोपित घोराही १७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई भने अदालतले सफाइ दिएको छ ।

२०७२ फागुन २७ गते साँझ पसलमै बसेको बेला रीता चौधरीमाथि एसिड प्रहार भएको थियो । एसिड प्रहारबाट पीडितको छाती तथा घाँटीको भाग जलेको थियो ।।

प्रतिकृया

प्रतिकृया