घोराही
२८ जेठ/
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मौरी ब्लक विकास कार्यक्रम अन्तरगत घोराही नगर क्षेत्रका मौरी पालक किसानहरुलाई मौरीका घार सहित बिभिन्न उपकरणहरु हस्तान्तरण गरिएको छ ।

कृषि ज्ञान केन्द्र दाङको सहयोगमा दाङ हनि प्रोडक्सन सेन्टर घोराहीमा आबद्ध मौरी पालक किसानहरुलाई मौरीका घार सहित बिभिन्न उपकरणहरु हस्तान्तरण गरिएको हो । आज घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले नगर क्षेत्रका ६२ जना किसानलाई मौरी सहितको घार १ सय ९०, खाली घार ४ सय ३९, महमदानी र मैन बक्स ८-८ थान हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी, कुट निकाल्ने भाँडो २ सय पिस, पर्पलिष्ट ट्राप ४ सय पिस, आधार चाका २ सय ९१ किलो, बाल्टी १ हजार ५ सय पिस र क्याण्डी ३ हजार ८ सय ६० किलो हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT

   


मौरी पालक किसान र कृषि ज्ञान केन्द्रको ५०÷५० प्रतिशतको लगानीमा कूल ४० लाख ९७ हजार १ सय रुपैयाँको ति सामाग्रिहरु खरिद गरी किसानहरुलाई नै बितरण गरिएको हो ।

मौरी ब्लक विकास कार्यक्रम सञ्चालक समिति संयोजक रामहरी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले मह उत्पादन सँगै प्रशोधन र गुणस्तर कायममा किसानहरुले बिषेश ध्यान दिनु पर्ने बताएका छन ।

परम्परागत शैलीबाट मौरी पालन भैरहेको भन्दै उहाँले किसानहरुलाई मह उत्पादन हुने फुलजन्य बिरुवा रोप्न आग्रह गरेका छन ।

कार्यक्रममा घोराही उपमहानगरपालिका अर्थ विकास समिति संयोजक राममणि पाण्डे, कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेत, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, मौरी पालक किसान धनन्जय आचार्य लगाएकाले अब मौरीमा व्यवसायीकता खोज्दै मौरीले किसानलाई पाल्ने बाताबरण सृजना गर्नुपर्ने बताएका छन । घोराहीमा आज बितरण गरिएको घार सहित ५५ सय पुगेको छ भने किसानहरु १ सय ६० बढी रहेका छन् । कार्यक्रमको सहजिकरण मदन न्यौपानेले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया