तुलसीपुर,
२९-जेठ /  दाङको तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखामा लगाएको ताला खुलाईएको छ ।

बिभिन्न माग राख्दै दाङमा क्रियाशिल बिद्यार्थी संगठनहरुले लगाएको ताला बुधबार खुलाईएको हो ।

विद्यार्थीहरुले उठाएका बिभिन्न ५ वुदे मागहरु सम्वोधन गर्ने सहमति भए पछि ताला विद्यार्थीहरुले ताला खुलाएका हुन् ।


ADVERTISEMENT

   


बुधबार भएको वार्ताबाट विद्यालयहरुले दिदै आएको छात्रवृति, शूल्क विवरणका वारेमा अनुगमन गर्ने, अनुगमनका गर्दा गलत पाईएमा कानुन अनुसार कार्वाही गर्ने निर्णय भएको छ ।

वार्तामा तुलसीपुर उपमहानगर शिक्षा संयोजक देवराज विश्वकर्मा, महाशाखा प्रमुख भास्कर गौतम, प्यावसन दाङका उपाध्यक्ष बिजय जिएम, एनप्यावसन दाङका बरिष्ठ उपाध्यक्ष बिमल गौतम, अनेरास्वबियू दाङका अध्यक्ष बिरबल खड्का, अखिल क्रान्तिकारी दाङका सह-संयोजक सुवास बस्नेत, नेबिसंघ दाङका कार्यबहाक सभापति टोपबहादुर बुढाथोकीलगायतको सहभागिता थियो ।

प्रतिकृया

प्रतिकृया